डा.सुनिल शर्मालाई शेरबहादुर देउवाले पक्राउ गराएको हो: सांसद सिंह (भिडियोसहित)

डा.सुनिल शर्मालाई शेरबहादुर देउवाले पक्राउ गराएको हो: सांसद सिंह (भिडियोसहित)

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कांग्रेस सांसद डा.सुनिल शर्मालाई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पक्राउ गराएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माहरूलाई तर्साउन देउवाकै डिजाइनमा सांसद शर्मालाई पक्राउ गराइएको आरोप लगाएका हुन् । कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला आफ्नो वि...
तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा म्याङलुङ नगरपालिका–३ नागदहकी ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको हो । घरको मूल ढोका खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

मोरङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् । ज्येष्ठ नागरिक समाजले मोरङको विराटचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकार ...
कांग्रेस नेता पोख्रेलको चेतावनीः सुनिल शर्मालाई छोयौ भने, प्रधानमन्त्रीलाई कालोमोसो दल्छौं

कांग्रेस नेता पोख्रेलको चेतावनीः सुनिल शर्मालाई छोयौ भने, प्रधानमन्त्रीलाई कालोमोसो दल्छौं

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मालाई कालोमोसो दल्न आव्हान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई उच्छृङ्खल गतिविधि नगर्न कांग्रेस नेता सुवास पोख्रेलले चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने अभिव्यक्ति दिएपछि कांग्रेस नेता पोख्रेलले यस्तो चेतावनी दिएका हुन् । कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने भनेर ग...
इटहरीमा भेटियो महिलाको शव

इटहरीमा भेटियो महिलाको शव

इटहरी । सुनसरीको इटहरी–४ स्थित टेग्रा खोला किनारमा एक महिलाको शव फेला परेको छ । संखुवासभाको मादी घर भई हाल इटहरी–४ मा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको हो । घोप्टो परेको अवस्थामा मृत भेटिएकी सीताको शरीरका बिभिन्न भागमा निलडाम छ । घटनाको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक सीताका श्रीमान स्थानीय एक निजी कम्पनीमा काम गर्दै आएका छन्...
विराटनगरमा तरबार प्रहार गर्ने दुई जना सीमा क्षेत्रबाट पक्राउ

विराटनगरमा तरबार प्रहार गर्ने दुई जना सीमा क्षेत्रबाट पक्राउ

विराटनगर । विराटनगर–८ का महमद हलिममाथि तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय हलिममाथि तरबार प्रहार गरेर फरार भएका विराटनगर–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङको नेपाल-भारत सीमा क्षेत्रबाट आज विहान करिब २ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।...
सङ्कटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएः सांसद शर्मा (भिडियोसहित)

सङ्कटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएः सांसद शर्मा (भिडियोसहित)

मोरङ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन् । नेपाली कांग्रेसले मंगलबार मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ओलीलाई भेट्न उनको निवास बालकोट जानुको कारण कार्यकर्तासमक्ष खुलाएका हुन् । सुन तस्करी गरेर राज्यलाई करोडौं, अरबौं राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्...
ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बामा आज छोराले आमाको हत्या गरेका छन् । बिहान करिब १० बजे स्थानीय ३३ वर्षीय डिल्लीकुमार लिम्बुले आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेका हुन् । डिल्लीकुमारले बाम्फोकले हान्दा आमा धनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि साँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले डिल्लीकुमारलाई नियन्त्रणम...
गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा

गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुनः दोहोर्याएका हुन् । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनीसमेत दिएका छन् । सुन तस्करी प्रकरणको व...
पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो । पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् । ...
नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै, कोरियाको युरी अस्पतालसँग सम्झौता

नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै, कोरियाको युरी अस्पतालसँग सम्झौता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउँन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड सम्बन्धीको शल्यक्र...
उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार

उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार

धनकुटा । कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री प्रदिपकुमार सुनुवारले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्ने दावी गरेका छन् । नेपाली कांग्रेस धनकुटा नगरको आन्तरिक विशेष अभियान कार्यक्रमका लागि शनिवार धनकुटा आइपुगेका मन्त्री सुनुवारले यस्तो बताएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने दावी गर्दै उनले विश्वासको मत पाइसकेपछि दुई वर्षसम्म सरकार टिक...
पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथर । पाँचथरको फिदिममा आज बिहान श्रीमानले चलाएको स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते छन् । नाँगीनदेखि फिदिम आउँदै गरेको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटर बिहान ७ः३० बजे फिदिम–११ स्थित फेवादिनमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी, ७० वर्षीय श्रीमान हेमकुमारले चलाएको स्कुटरको पछाडि बसेकी ...
जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार निर्वाचित

जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार निर्वाचित

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ स्थित जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार राई निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न साधारण सभाले राईको अध्यक्षतामा १५ सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा आशा राई, सचिवमा उर्गेन शाक्य, सहसचिवमा शारदा राई र कोषाध्यक्षमा सविता श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक नैन विश्वकर्माले जानकारी दिए । त्यस्तैगरी, सदस्यह...
विराटनगरमा युवा उद्यमीले गरे रक्तदान कार्यक्रम

विराटनगरमा युवा उद्यमीले गरे रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरमा आज रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कटेलले जानकारी दिए । विराटनगर-१४ स्थित एमएम प्लाष्टिक उद्योगमा भएको कार्यक्रममा युवा उद्यमीसहित उद्योग व्यवसायमा कार्यरत कर्मचार...
भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

भोजपुर । पहिरोमा पुरिएर भोजपुर नगरपालिका–२ हेलौछाका पासाङ तामाङको मृत्यु भएको छ । निगुरो टिप्न झ्यालसिङे जङ्गल गएका बेला पहिरोले पुर्दा ४७ वर्षीय तामाङको मृत्यु भएको हो । परिवारका सदस्यसँग उनी बिहीबार बिहान जङ्गलमा निगुरो टिप्न गएका थिए । सोही क्रममा सडक माथिबाट खसेको पहिरोले पुर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक भन्दा करिब दुई सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरोमा पुरिएका तामाङला...
जसपाकी निर्मला लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्य मन्त्री

जसपाकी निर्मला लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्य मन्त्री

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी छन् । मुख्यमन्त्री उद्धव थापाले लिम्बुलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गरेकी छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा पनि उनी स्वास्थ्यमन्त्री थिइन् । पहिचानको पक्षमा उभिदै आएकी उनले पहिचान पक्षधरको आन्दोलन चर्क...
सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएको हो । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्र...
सांसद सुनिल शर्मा पक्राउ प्रति सदनमा एमालेले जनायो आपत्ति

सांसद सुनिल शर्मा पक्राउ प्रति सदनमा एमालेले जनायो आपत्ति

काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएका कांग्रेस सांसद डा.सुनिल शर्माको पक्राउ प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बखेडा झिकेर सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने मा...
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो: सचिवालय

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो: सचिवालय

काठमाडौं । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएको हो । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्मा...
केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ । जसक...
बन्दका कारण धनकुटामा सवारी आवागमन प्रभावित

बन्दका कारण धनकुटामा सवारी आवागमन प्रभावित

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्सहित बिभिन्न पार्टी र सङ्गठनले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ । हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ मनाएर अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गर्दै आएको परिषदलाई यस पटक अन्य पार्टी र सङ्गठनले पनि साथ दिएर बन्द आव्हान गरेका हुन् । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लि...
तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटो फिचरसहित)

तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटो फिचरसहित)

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् । फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६...
धरानमा डेंगुका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

धरानमा डेंगुका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

सुनसरी । डेंगु संक्रमणका कारण धरानमा थप एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमित धरान १४ की ३५ वर्षीया महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो । योसँगै धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । धरानमा डेंगुले भयावह रूप लिएको छ । एउटै घरमा ९ जनासम्म संक्रमित छन् । हालसम्म करिब २५ हजा...
धनकुटामा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

धनकुटामा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

धनकुटा । धनकुटामा प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्त फरार भएका छन् । प्रहरीले पक्राउ गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याएका बेला विहान करिब ९ः२५ बजे अभियुक्त भागेका हुन् । अस्पताल अगाडि रहेको गल्लीबाट अभियुक्त भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पुलिसको नियन्त्रणमा रहेका बेला उनी अस्पताल अगाडि रहेको गल्लीबाट भागेको स्थानीय रमेश पौडेलले जानकारी दिए । ‘पुलिसले पक्रेर मेडिकल...
पथरीशनिश्चरेमा नोबेलको निःशुल्क आँखा शिविर, आँखा पाकेका बिरामीको भीड

पथरीशनिश्चरेमा नोबेलको निःशुल्क आँखा शिविर, आँखा पाकेका बिरामीको भीड

विराटनगर । आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा आएका बिरा...
कोशी प्रदेशमा बन्यो चार सदस्यीय मन्त्रिमण्डल

कोशी प्रदेशमा बन्यो चार सदस्यीय मन्त्रिमण्डल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री बनेको २२ दिनमा बर्खास्त भएर पुनः हिजो मुख्यमन्त्री नियुक्त भएका थापाले आज चार सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । सभामुखबाट राजीनामा दिएका माओवादी सांसद बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइएको छ । त्यस्तै, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र...
धरान-तरहराको जंगलमा गोली हानेर लुटपाट गर्ने दुई जना पक्राउ

धरान-तरहराको जंगलमा गोली हानेर लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । विराटनगरका रोहित चौधरीमाथि गोली हानेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत साउन ५ गते सुनसरीको धरान–तरहरा सडक खण्डस्थित सेउती पुल नजिक जंगलमा चौधरीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको थिय...
माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा

माइती नेपाललाई एम्बुलेन्स दिने सांसद शर्माको घोषणा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सिएनएन हिरोसमेत बनिसकेकी अनुराधा कोइरालाले सञ्चालन गरेको माइती नेपालले महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको छ । सो संस्थाले एम्बुलेन्सको स्...
धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । छथरजोरपाटी–५ परेवादिन घर भई हाल सिधुवा बस्दै आएका २३ वर्षीय फुर्सुदी शेर्पालाई प्रहरीले मंगलबार बिहान करिब १० बजे पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सिधुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शेर्पाको कोठा खानतलासी गर्दा प्रतिबन्धित औषधि बरामद भएपछि उनलाई पक्राउ गरिएको हो । उनको कोठाबाट ईस्पा...
कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुनः कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर ४७ सांसदको समर्थन पुर्याई मुख्यमन्त्रीमा दावी पेश गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापालाई कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका छन् । यसअघि उनी मुख्यमन्त्री बनेक...
error: Content is protected !!