संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई ४७ सांसदले समर्थन गदै विश्वासको मत दिएका हुन् ।

Advertisement

सभाध्यक्ष इस्राइल मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका छन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ मत पुगेको हो । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।

सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement