संगालोखबर


विराटनगर । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले बिहान ११ बजे नेम्बाङलाई शपथ ग्रहण गराएर प्रतिनिधि सभा सदस्यको लोगो प्रदान गरी सांसदको रूपमा जिम्मेवारी दिने जनाइएको छ ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर उनी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

Advertisement

उक्त क्षेत्रमा गत आम निर्वाचमा विजयी भएका सुहाङका बुवा सुवास नेम्बाङको गत भदौमा निधन भएको थियो । उनको निधनपछि खाली रहेको क्षेत्रमा उपनिर्वाचन गराइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!