नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो ...
बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

खोटाङ । बुवाको हत्या गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिकाका ४२ वर्षीय टिकाराम राईलाई पक्राउ गरेको छ । बुवाको मृत्यु भएको भन्दै दाहसंस्कार समेत गरिसकेको अवस्थामा हत्या भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादका क्रममा कुटपिट गरी साकेला गाउँपालिका–२ रतन्छाका टिकारामले ७१ वर्षका बुवा कृष्णकुमार राईको हत्या गरेको सूचना प्रहरीले पाएको थियो । खोटाङका प्रहरी नायव उपरीक्षक (डी...
भरुवा बन्दुक प्रहार गरी भोजपुरमा वृद्धको हत्या

भरुवा बन्दुक प्रहार गरी भोजपुरमा वृद्धको हत्या

भोजपुर । भरुवा बन्दुक प्रहार गरी भोजपुरमा एकजनाको हत्या भएको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका ६३ वर्षीय राजकुमार राईको हिजो बेलुका हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा स्थानीय ६५ बर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । बाख्राले बाली खाइदिएको निहुँमा उनीहरुबीच विवाद भएको थियो । त्यस क्रममा मणिप्रसादले राजकुमारलाई भरुवा बन्दुकले प्रहार गरेको प्रहरीेले जनाएको छ । उनको घट...
छात्रालाई बलात्कार गर्न खोज्दा लखेटिए, भैंसी करणी गर्दैगर्दा पक्राउ परे

छात्रालाई बलात्कार गर्न खोज्दा लखेटिए, भैंसी करणी गर्दैगर्दा पक्राउ परे

ताप्लेजुङ । भैंसीलाई करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । करणी गर्दै गरेको अवस्थामा भेटिएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । एक छात्रालाई बलात्कार गर्ने प्रयास गरिरहेका बेला गाउँलेले लखेटेपछि ती युवक भागेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार पक्राउ पर्ने फुङलिङ नगरपालिका–१० का २९ वर्षीय बिक्रम तामाङ छन् । गाउँलेले लखेट्...
बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

विराटनगर । पछिल्लो समय फेरि डेंगु संक्रमण बढिरहेको छ । देशभरका ५७ जिल्लामा यस्तो संक्रमण देखिएको भन्दै सरकारले सावधानी अपनाउन सुझाव दिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण पनि बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार ५७ जिल्लका ९०४ जनामा डेंगु संक्रमण पाइएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियो...
सडकबाट जिप खस्दा पाँचथरमा एकजनाको मृत्यु

सडकबाट जिप खस्दा पाँचथरमा एकजनाको मृत्यु

पाँचथर । मेची राजमार्गको ताप्लेजुङ–पाँचथरमा पर्ने हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा १७ च ७९९९ नम्बरको जिप दुर्घटना भएको हो । शुक्रबार साँझ भएको दुर्घटनामा नेपालगञ्ज घर भएका ३५ वर्षीय चालक श्याम बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको थियो । गम्भीर घाइते भएका बिकको जिल्ल...
प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

विराटनगर । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै युवाहरुबाट रकम लिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पासवानले कटहरी–५ का सम्पतलाल झागडका छोरा राजकुमारलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भनेर ठगेको पाइएको छ ...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

विराटनगर । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले बिहिवार आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीलाई सम्बोधन गरेर उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको छ । आफूले आत्महत्या गरेको कुरा उक्त नोटमा लेखिएको बताए पनि प्रहरीले विस्तृत जा...
विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगर । उद्योगी–व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘इनर्जी इफिसियन्सी’ प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २२ जना प्राविधिकको सहभागिता थियो । २० दिने तालिम समापनका अवसरमा बिहिवार सहभागीहरुलाई...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

विराटनगर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही महिनायता संक्रमित भइ सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका क्रममा नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमित ४० नमुनाको जिन परीक्षण गर्दा ४२ प्रतिशतको हाराहारीमा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ । ती भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको प्रयोगशालाले जनाएको छ । उक्त ...
इलाममा रैथाने जातिका मौलिक पहिचान झल्कने सामग्रीको संरक्षण

इलाममा रैथाने जातिका मौलिक पहिचान झल्कने सामग्रीको संरक्षण

इलाम । इलाम सदरमुकाममा रहेको राणाकालीन दरबारमा अरनिको सांस्कृतिक संग्रहालय निर्माण भएपछि जातीय संस्कृति बुझ्न चाहनेहरुका लागि आकर्षणको केन्द्र बनेको छ । हाल संग्रहालय बनाइएको ‘इलाम दरबार’ मा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि खाली बनेको संरचनालाई उपयोग गर्दै इलाम नगरपालिकाले संग्रहालय निर्माण गरेको हो । यसअघि इलामको माइस्थान मन्दिर हातामा उक...
ताप्लेजुङमा सुरू भयो १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना

ताप्लेजुङमा सुरू भयो १२८ मेगावाट क्षमताको जलविद्युत् आयोजना

ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा उक्त आयोजनाका संरचना बनाइने भएको हो । आयोजनाको संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा शिलान्यास गरेका छन् । आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गत...
नेपाली महिला आरोहीद्वारा सबैभन्दा छिटो सगरमाथा आरोहणको कीर्तिमान

नेपाली महिला आरोहीद्वारा सबैभन्दा छिटो सगरमाथा आरोहणको कीर्तिमान

विराटनगर । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा आरोहणको कीर्तिमान बनाएकी छन् । उनले १५ घण्टाभन्दा कम समयमै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी हुन् । गोरखाकी फुञ्जोले बिहिबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको पर्यटन विभागले जना...
चिकित्सकलाई कुटपिट गर्ने दुईजना पक्राउ

चिकित्सकलाई कुटपिट गर्ने दुईजना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई झापाको भद्रपुरबाट बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द...
जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)

जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)

विराटनगर । फोहर बिसर्जन स्थल (डम्पिङ साइट) अव्यवस्थित हुँदा विराटनगरमा प्रदुषण बढ्दो छ । विराटनगर–६ मा बस्ती र खेतीयोग्य जमिनको बीचमा रहेको डम्पिङ साइटका कारण वरिपरिको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । विराटनगरको डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा क्षेत्र चौबिसै घण्टा धुवाँ र दुर्गन्धमा निसास्सिन बाध्य भएको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने गरी बस्तीको बीचमा फोहोर म...
धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटाको चौबिसेमा रारा गोल्डकप सुरु, डाँगीहाटको विजयी सुरुवात

धनकुटा । धनकुटाको चौबिसेमा सुरु भएको ११औँ गोर्खा रारा फुटबल प्रतियोगितामा मोरङको डाँगीहाट फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बिहिवार भएको उद्घाटन खेलमा डाँडाबजार एफसी धनकुटालाई ५–१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गरेका थिए । डाँगीहाटका जर्...
पौडी खेल्दा डुबेर इलामका दुईजना बालकको मृत्यु

पौडी खेल्दा डुबेर इलामका दुईजना बालकको मृत्यु

इलाम । खोलामा पौडी खेल्न गएका इलामका दुईजना बालकको डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा इलामको माई नगरपालिका–८ स्थित माईखोलामा डुबेर बिहीवार उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार स्थानीय विक्रम लिम्बूका ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र राजेन्द्र आङदेम्बेका ९ वर्षीय छोरा किस्मन आङदेम्वेको मृत्यु भएको हो । डुबेको अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि उनीहरुलाई स्थानीय स्वास्थ्य संस्था...
किनेको जग्गामा गोलमाल, न्यायिक समितिले सुनुवाइ गरेन

किनेको जग्गामा गोलमाल, न्यायिक समितिले सुनुवाइ गरेन

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–६ पिपल चोकका गणेश सहनीले आफूलाई न्याय दिलाइदिन माग गरेका छन् । नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले बिना कारण बारम्बार अपमान गरेको भन्दै न्याय दिलाइदिन माग गरेका हुन् । बिहीबार पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनमार्फत् उनले आफन्तसँगको पुरानो रिसिबीलाई लिएर अहिले आफूमाथि अन्याय गरिरहेको उनले बताए । लामो समय वैदेशिक रोजगारीमा बिताएका उनी नेपालमै केही गर्छु ...
सगरमाथा आरोहणका लागि गएका केन्यालीको मृत्यु, नेपाली गाइड बेपत्ता

सगरमाथा आरोहणका लागि गएका केन्यालीको मृत्यु, नेपाली गाइड बेपत्ता

विराटनगर । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका एकजना केन्याली नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरोनजिक मृत अवस्थामा फेला परेका हुन् । उनीसहितको टोलीमा गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन बनेको विभागले जनाएको छ । उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागको भनाइ छ । बिहीब...
विराटनगरका होटल, रेस्टुरेन्टहरुमा आतंक मच्चाउँदै हिँड्ने समूह पक्राउ

विराटनगरका होटल, रेस्टुरेन्टहरुमा आतंक मच्चाउँदै हिँड्ने समूह पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका र आसपास क्षेत्रमा ‘आतंक’ मच्चाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले विराटनगरका विभिन्न होटल र रेस्टुरेन्टहरुमा खाने, बिलमा उठेको रकम नतिर्ने अनि माग्दा धम्क्याउने, आक्रमण गर्ने र आतंक मच्चाउने गरेको प्रहरीको भनाइ छ । विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर,...
एम्बुलेन्सको ठक्करले सुनसरीमा एकजनाको मृत्यु

एम्बुलेन्सको ठक्करले सुनसरीमा एकजनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने उक्त पालिकाको भण्टाबारीमा नम्बर नखुलेको एम्बुलेन्सको ठक्करले बुधबार राति मृत्यु भएका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका तराई मूलको जस्तो देखिने अन्दाजी ५५ का ती पुरुषलाई उपचारका लागि स्थानीय एम्स अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान...
कोशी प्रदेशमा कृषिको वृद्धिदर ३३ प्रतिशत

कोशी प्रदेशमा कृषिको वृद्धिदर ३३ प्रतिशत

विराटनगर । कोशी प्रदेशको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । उक्त कार्यालयले संघीय राजधानी काठमाडौंमा सार्वजनिक गरेको तथ्यांकअनुसार कोशी प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा धेरै ३२.८० प्रतिशत देखिएको छ । यस्तै, प्रशासनिक सेवा क्षेत्रको सबैभन्दा ...
धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

धनकुटा, मोरङ र झापाका ८ जना लागूऔषधसहित पक्राउ

विराटनगर । धनकुटा, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा गाँजालगायत लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २१ वर्षीय सन्देश राईलाई एक किलो ७०० ग्राम गाँजासहित प्रहरीले बुधबार पक्राउ गरेको हो । आँखिसल्लास्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्या...
चिया उद्गमस्थल इलाममा हुँदै अन्तर्राष्ट्रिय चिया महोत्सव

चिया उद्गमस्थल इलाममा हुँदै अन्तर्राष्ट्रिय चिया महोत्सव

इलाम । चिया खेती र बजार प्रवर्द्धन गर्ने उद्देश्यले यसको उद्गमस्थल इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिकाको आयोजनामा जेठ २६ देखि २८ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । आयोजक समिति संयोजक एवं इलाम नगरपालिका प्रमुख केदार थापाका अनुसार नेपाली चियाको बजार विस्तारका साथै चिया पर्यटनलाई समेत बढावा दिन महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाल पर्यटन बोर्डको ...
आज उँभौली पर्व मनाउँदै किराँत राई समुदाय

आज उँभौली पर्व मनाउँदै किराँत राई समुदाय

विराटनगर । किराँत राई समुदायको महत्वपूर्ण पर्व उँभौली अर्थात् चण्डी पूर्णिमा आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने परम्परा छ । यस पर्वका अवसरमा बाली लगाउनुअघि राम्रोसँग काम होस् भनी गाउँ–गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने चलन छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि ...
एमाले सुनसरीको अध्यक्षमा खनाल निर्वाचित

एमाले सुनसरीको अध्यक्षमा खनाल निर्वाचित

सुनसरी । नेकपा (एमाले) सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । जिल्ला कमिटीको आठौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले कूल खसेको मत ६८१ मध्ये ३८३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी खेमराज पोखरेलले २८७ मत प्राप्त गरे । उपाध्यक्षमा पर्शुराम यादव निर्वाचित भएका छन् । उनले ३३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी नन्द बस्नेतले ३२८ मत प्राप्त गरे । यसैगरी, सचिवमा ३८८ मत ल्य...
सात प्रदेशमध्ये कोशी तेस्रो धनी

सात प्रदेशमध्ये कोशी तेस्रो धनी

विराटनगर । नेपालका सात प्रदेशमध्ये वाग्मती प्रदेश सबैभन्दा धनी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ । कोशी प्रदेश तेस्रो धनी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा धेरै प्रतिव्यक्ति जीडीपी वाग्मती प्रदेशमा रहेको देखाएको छ । उक्त प्रतिवेदनका अनुसार वाग्मती प्...
धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरू

धनकुटा । धनकुटामा बुधबारदेखि प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबल–२०८१ सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा मेला आयोजना गरेको हो । मेलाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसका दीप प्रज्वलन तथा रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले धनकुटामा एक सय शैय्याको अस्प...
अमेरिकी दूतावासले दिएन सन्दीपलाई भिसा

अमेरिकी दूतावासले दिएन सन्दीपलाई भिसा

विराटनगर । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । सन्दीपले लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको...
कोशी सरकारविरुद्ध मुद्दाः विश्वासको मत लिँदाको फाइल झिकाउने आदेश

कोशी सरकारविरुद्ध मुद्दाः विश्वासको मत लिँदाको फाइल झिकाउने आदेश

विराटनगर । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर रिटमा मिसिल झिकाउन आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सबै फाइलसहित सम्बन्धित अन्य अभिलेख झिकाउने आदेश गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वाेच्चले अर्काे सुनुवाइका लागि आवश्यक फाइलह...
error: Content is protected !!