संगालोखबर

विराटनगर । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका एकजना केन्याली नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरोनजिक मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

उनीसहितको टोलीमा गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन बनेको विभागले जनाएको छ । उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागको भनाइ छ ।

बिहीबार अपराह्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको थियो । त्यस क्रममा केन्याली नागरिक किरुई मृत भेटिएका थिए । सम्पर्कविहीन बनेका शेर्पाको खोजी भइरहेको विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!