संगालोखबर

विराटनगर । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा आरोहणको कीर्तिमान बनाएकी छन् । उनले १५ घण्टाभन्दा कम समयमै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी हुन् ।

Advertisement

गोरखाकी फुञ्जोले बिहिबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरू गरी बिहिबार बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथा शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । सन् २०२१ मा हङकङकी आरोही स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन् ।

दोलखाका पेम्बादोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड राखिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!