संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका र आसपास क्षेत्रमा ‘आतंक’ मच्चाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले विराटनगरका विभिन्न होटल र रेस्टुरेन्टहरुमा खाने, बिलमा उठेको रकम नतिर्ने अनि माग्दा धम्क्याउने, आक्रमण गर्ने र आतंक मच्चाउने गरेको प्रहरीको भनाइ छ ।

Advertisement

विराटनगर–७ का २० वर्षीय नेनी शेर्पा, ११ का १८ वर्षीय सारुख मियाँ शेख, १९ वर्षीय फैजल खान, विराटनगर–१२ का १८ वर्षीय सुमित ठाकुर, १९ वर्षीय प्रियसिल नारायण चौधरी र २० वर्षीय साजन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको समूहमा संलगन अरु चारजना भने फरार रहेको र खोजी भइरहेको प्रहरीले मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीका अनुसार उक्त समूहले विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको सिंहासन रेस्टुरेन्ट परिसरमा गत जेठ ६ गते राति रेस्टुरेन्टका कर्मचारी राहुल सहनीमाथि आक्रमण गरेको थियो । हतियारसहित पुगेको समूहले त्यहाँ रहेका अन्यलाई पनि धम्क्याइएको पाइएको थियो ।

उक्त समूहले अरु कतिपय होटल र रेस्टुरेन्टमा पनि धम्क्याउने, खाएको रकम नतिर्नेजस्ता गतिविधि गर्दै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । समूहका फरार व्यक्तिहरुको खोजी तीव्र बनाएको उल्लेख गर्दै प्रहरीले उनीहरु चाँडै पक्राउ पर्ने जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!