संगालोखबर

विराटनगर । धनकुटा, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा गाँजालगायत लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २१ वर्षीय सन्देश राईलाई एक किलो ७०० ग्राम गाँजासहित प्रहरीले बुधबार पक्राउ गरेको हो । आँखिसल्लास्थित प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, झापाको बिर्तामोड नगरपालिका–५ बाट स्थानीय ३६ वर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ बस्दै आएका ४२ वर्षीय खड्गनारायण चौधरीलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट करिब ८ ग्राम ब्राउनसुगर, गाँजा र केही नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, भद्रपुर–३ बाट स्थानीय २८ वर्षीय योगेश आलेलाई फेनारगन र डाइजेपाम जस्ता प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ । यता, विराटनगर–१६ दरैया चोकबाट ७३ मिलिग्राम ब्राउन सुगरसहित कैलालीका २५ वर्षीय धीरज विश्वकर्मा पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटस्थित एक घरमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ वर्षीय दिपक बस्नेत, २९ वर्षीय प्रकाश खड्का र ३२ वर्षीय सुदर्शन गेलाललाई एक किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरुबारे सम्बन्धित क्षेत्रका कार्यालयबाट अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!