संगालोखबर


विराटनगर । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर रिटमा मिसिल झिकाउन आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सबै फाइलसहित सम्बन्धित अन्य अभिलेख झिकाउने आदेश गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वाेच्चले अर्काे सुनुवाइका लागि आवश्यक फाइलहरू मगाउने आदेश दिएको हो । यसअघि सर्वाेच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

Advertisement

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै केदार कार्कीको स्थानमा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै एमालेले उनलाई दिएको समर्थन फिर्ता गरेको थियो । २०८० असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका उनी चैत २६ गतेदेखि अल्पमतमा परेका थिए ।

प्रदेश सभाले विश्वासको मत लिनुपर्ने भन्दै संकल्प प्रस्ताव पास गरेको थियो । तर त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

वैशाख २७ गते एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । उनले वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!