संगालोखबर

विराटनगर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही महिनायता संक्रमित भइ सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका क्रममा नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’ पुष्टि भएको हो ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमित ४० नमुनाको जिन परीक्षण गर्दा ४२ प्रतिशतको हाराहारीमा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ । ती भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको प्रयोगशालाले जनाएको छ ।

उक्त भेरियन्ट सिंगापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा पनि देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको बुझ्नुपर्ने विज्ञहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण नयाँ भेरियन्टमा पनि देखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!