संगालोखबर
चिकित्सक कुटपिटको विरोधमा आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारी । फाइल तस्वीर

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई झापाको भद्रपुरबाट बिहिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ ।

Advertisement

चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीन जनाविरुद्ध उजुरी दिइएको थियो । उजुरीमा उल्लेख भएका आरोपी सानु रोक्का भने सम्पर्कविहीन बनेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत जेठ ३ गते अस्पतालमा कार्यरत मेडिकल अधिकृत पथरी शनिश्चरे–१ का डा. ब्रोमिस बुढाथोकीलाई उनीहरुले कुटपिट गरेको आरोप छ । यस्तै, जेठ ७ गते आकस्मिक कक्षमा काम गरिरहेका बेला डा. अनिल यादवमाथि हातपात भएको जनाइएको छ ।

ती घटनापछि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले विरोध जनाएका थिए । उनीहरुले सुरक्षाको प्रत्याभूति माग गर्दै कालोपट्टी बाँधेर काम गर्ने, ओपीडी सेवा बन्द गर्ने जस्ता विरोधका कार्यक्रम गर्दै आएका थिए ।

उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!