जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)
धनकुटा, १ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा सोमबार मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो ।
जिल्लाका ९ समुह सहभागि प्रतियोगितामा मगर संस्कृतिमा आधारित मौलिक नृत्यसंगै मयुर नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गायक प्रसाद खप्तरी मगर र लोकगायिका...





























