- संगालोखबर सम्वाददाता

धनकुटा, २१ मंसिर । धनकुटामा पनि आज शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् ।

धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । बिहानै देखि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिती बाक्लो छ ।

Advertisement
धनकुटाको बिहिबिरे हटियामा मतदान गर्दै मतदाताहरु ।

मतदान केन्द्रमा १ हजार २ सय २४ जना कर्मचारी परिचालन गरिएको छ । अप्रिय घटना हुँन नदिनका लागि सुरक्षा ब्यवस्था पनि मजवुत पारिएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन ।

धनकुटामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको छ । प्रतिनिधि सभाका लागि १ क्षेत्र र प्रदेश सभाका लागि २ क्षेत्र तोकिएको धनकुटामा १ लाख ५ हजार १ सय ८८ मतदाता छन ।

धनकुटामा मतदानको भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!