- संगालोखबर सम्वाददाता

धनकुटा, १ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा सोमबार मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो ।

जिल्लाका ९ समुह सहभागि प्रतियोगितामा मगर संस्कृतिमा आधारित मौलिक नृत्यसंगै मयुर नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गायक प्रसाद खप्तरी मगर र लोकगायिका सञ्जु थापा मगरले दोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिए ।

त्यसैगरी नृत्यकार लक्ष्मी समाल मगरले नृत्य र मयुर डान्सर कविराज मगरले मयुर नृत्य देखाएका थिए । फरक प्रकृतिको भएकाले मयुर नृत्यमा दर्शकको थप आकर्षण देखिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले भाषा, संस्कार, संस्कृति राष्ट्रको सम्पति भएकाले यसलाई संरक्षण गरेर व्यावसायीक रुपमा पर्यटन प्रवद्र्धन गर्न सकेमा राष्ट्रिय अर्थतन्त्र वलियो हुने वताएका छन् ।

त्यस्तै नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष कमल पिठाकोटे मगरले नेपालको संविधानले आदिवासी जनतातिलाई अधिकार सम्पन्न बनाउँन नसकेको आरोप लगाए ।

कार्यक्रममा मगर संघका केन्द्रिय सदस्य राम मगर, मगर साँस्कृतिक कलाकार संघका केन्द्रिय अध्यक्ष कविराज मगर, महालक्ष्मी नगर प्रमुख पर्शुराम नेपाल लगायतले सँस्कृतिलाई बचाईराख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

थप तस्वीरहरु हेर्नुहोस् …

मयुर नृत्यको भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!