- रबिन कटेल/संगालोखबर

धनकुटा, २४ मंसिर । धनकुटामा उत्सव, बिरोध वा बिशेष अवसरमा सभाका लागि प्रायः मदनचौकनै सवैको रोजाईमा पर्ने गर्छ । जिल्लाको मुख्य बजारक्षेत्र र बढी चहलपहल हुँने भएकाले अधिकांस सभा मदनचौकमै हुँने गर्छन् ।

प्रतिनिधिसभा र दुवै प्रदेशसभामा बिजयी बनेको बाम गठबन्धनले पनि आईतबार बिजय जुलुस पछि सभा गर्न मदनचौकनै रोज्यो । सभाका लागि मदनचौकमै साउण्ड सिस्टम राखियो । तर, सभा भने त्यहा हुँन सकेन । कारण थियो, सोचेभन्दा धेरै मानिस जुलुसमा सहभागि हुँनु ।

धनकुटा बजारमा बाम गठबन्धनको बिजय जुलुस । तस्वीर: रबिन कटेल/संगालोखबर

हजारौ मानिस बिजय जुलुसमा सहभागि भएपछि मदनचौकमा नअटेर बसपार्कमा सभा सार्नु पर्यो । मदनचौकबाट ११ बजे जुलुश सुरु गर्ने भनिएपनि मान्छे आउँनेक्रम नटुङ्गिएपछि पूर्व निर्धारित समयभन्दा करिव एक घण्टा ढिला गरी जुलुश अघि बढ्यो ।

मान्छे थपिने क्रम बढ्दै जाँदा जुलुसले बृहत रुप लियो । जुलुसको भीड ब्यवस्थापनमा खटिएका एमालेका स्थानीयका नेता जंसेर राईले हजारौं मान्छे सहभागि भएकाले भीड ब्यवस्थापन गर्न समस्या भएको बताए ।

मदनचौक नजिक देखिएको जुलुस ।

बिजयको खुसीयालीमा नारा लगाएर बामपन्थी गीतमा नाच्दै रमाउँदा जुलुसनै अनियन्त्रित भई दुई भागमा बिभाजित भएको थियो । नाच्ने र खुसीयाली मनाउँनेको भीड अगाडी बढिसक्दा बिजयी उम्मेदवारसहितको समुह पडाडी छोडिएको थियो । बिजयी उम्मेदवारले मतदातालाई धन्यवाद दिएर आर्सिवाद ग्रहण गर्दै जुलुशमा हिडे ।

बिजयी उम्मेदवारसहित नेता–कार्यकर्ता, शुभेच्छुक लगायतले नौमती बाजासहित बजार परिक्रमा गरेका हुन । मदनचौकबाट सुरु भएको जुलुश वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे र तल्लोकोप्चे परिक्रमा गर्दै कोणसभाका लागि मदनचौक पुगेपछि कार्यक्रम सञ्चालक एवं एमाले जिल्ला सचिव सुरेन्द्र पौडेलले उद्घोषण सुरु गरे ।

तर, मदनचौकदेखि चुवाको बोटसम्म सडकभर खादाखाद मान्छे भएर आवाज नसुनिएपछि ठुलो ठाउँको खोजिमा बसपार्कमा सभा सारिएको हो ।

बसपार्कमा भएको सभामा सहभागिहरुको भीड ।

सभाको ब्यवस्थापनमा कमजोरी भएको भन्दै आयोजकको तर्फबाट एमाले सचिव पौडेलले क्षमा पनि मागे । बसपार्कमा सभा गर्दा मान्छेको भीडले सवारी आवागमन नै प्रभावित भएको थियो ।

सभालाई संबोधन गर्दै प्रतिनिधि सभामा बिजयी राजेन्द्र राई, प्रदेशसभा क मा बिजयी निरन राई र प्रदेशसभा ख मा बिजयी ईन्द्रमणी पराजुलीले अत्याधिक मतले बिजयी गराएको प्रति मतदातालाई धन्यवाद दिदै चुनाव अघि बोलेका कुरा पुरा गर्ने प्रतिवद्धता जनाएका छन ।

सभामा बोल्दै राजेन्द्र राई ।
सभामा बोल्दै निरन राई ।
सभामा बोल्दै ईन्द्रमणी पराजुली ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!