- संगालोखबर सम्वाददाता

धनकुटा, २ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी लक्ष्मीपूजा मनाईदैछ ।

उज्यालोको पर्व पनि भनेर चिनिने तिहारका कारण धनकुटा पनि झिलिमिली भएको छ ।

Advertisement
धनकुटाको मदनचौकमा बिहीबारराती देखिएको तिहारको झिलिमिली । तस्वीर: रबिन कटेल/संगालोखबर

घर–घरमा बिभिन्न प्रकारका बत्ति बालिएका छन । झिलिमिली बत्तिले धनकुटा बजार क्षेत्र राती पनि दिउँसो झै देखिएको छ ।

धनकुटाको हिले, सिधुवा, पाख्रीवास, भेडेटार, जीतपुर लगायत बजार क्षेत्रमा पनि तिहारको बिशेष रौनक देखिएको संगालोखबरका स्थानीय सम्वाददाताहरुले जनाएका छन ।

तिहारमा यस्तो देखियो धनकुटा, भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!