संगालोखबर सम्वाददाता

धनकुटा, २० फागुन । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन जिल्लाबासीले राखेको माग संबोधनका लागि मुख्यमन्त्री शेरधन राई सकारात्मक रहेको खुलासा भएको छ । धनकुटामा आईतबार प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव उद्घाटन कार्यक्रमलाई संबोधन गर्ने क्रममा मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन् ।

‘धनकुटेलीको मागलाई प्रदेशसभाले कुनै न कुनै रुपमा संबोधन गर्नेछ ।’ मुख्यमन्त्री राईले भने ‘तपाईहरुको माग संबोधन गर्ने बिषयमा मेरो ध्यानदृष्टी सकारात्मक रुपमा केन्द्रित हुँनेछ ।’ छिमेकी जिल्ला भोजपुर घर भएका मुख्यमन्त्री राईले भने ‘धनकुटालाई मैले सानैदेखी राम्रोसँग चिनेको छु, अहिले पनि धनकुटेलीको भावनालाई राम्रोसँग बुझेको छु ।’

Advertisement
महोत्सवमा बोल्दै मुख्यमन्त्री राई । तस्वीर : संगालोखबर

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी टुंगो लगाउँने कुरा स्मरण गराउँदै मुख्यमन्त्री राईले अव धनकुटेलीको माग कुनै न कुनै हिसावमा संबोधन भएरै छाड्ने विश्वास दिलाए ।

धनकुटेलीले आन्दोलनका माध्यमबाट सिंगो मुलुकलाईनै ध्यानाकर्षण गराएको भन्दै मुख्यमन्त्री राईले अघिल्लो सरकारले धनकुटेलीको मागलाई गंभीरतापूर्वक नलिएको आरोप पनि लगाए । उनले भने ‘अघिल्लो सरकारले तपाईहरुको मागलाई गंभिरतापूर्वक लिएन । तर, अहिलेको सरकारले यसलाई राम्रोसँग बुझेको छ ।’

भिडियो हेर्नुहोस्…

यो पनि पढ्नुहोस् …

धनकुटा महोत्सव सुरु, १ नम्बर प्रदेशलाई समृद्व बनाउँने मुख्यमन्त्रीको उद्घोष (भिडियोसहित)

महोत्सवको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!