- संगालोखबर सम्वाददाता

धनकुटा, २९ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले दवावमूलक गतिबिधि गर्दै आएका छन । उनीहरुले गत शुक्रबारबाट आन्दोलन सुरु गरेर हरेक दिन दवावमूलक गतिविधि गर्दै आएका हुन ।

धनकुटाबासीले राजधानीको माग गर्दै जुलुशसहित प्रद्यानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन । त्यसपश्चात जिल्लामा प्रादेशिक राजधानीका बिषयमा अन्र्तक्रिया, भेला लगायत गरी राजधानीका लागि दवावमूलक कार्यक्रम जारी राखिएको बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले जानकारी दिएका छन ।

Advertisement

उनका अनुसार सोमबार दिउँसो पुनः बृहत भेला बोलाईएको छ । उक्त भेलाले दवावमूलक गतिबिधिलाई कसरी ब्यवस्थित र प्रभावकारी बनाएर धनकुटालाई प्रादेशिक राजधानी बनाउँन सकिन्छ भन्ने बिषयमा निर्णय लिनेछ ।

हरेक हिसावले धनकुटा नै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भईरहेको भन्दै जिल्लाबासीले गत शुक्रवार देखि दवावमूलक गतिबिधि सुरु गरेका हुन ।

पहिले देखिनै प्रशासनिक केन्द्र हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउँन जिल्लाबासीले दवाव दिएका हुन ।

१ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्रभागमा रहेको, पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यावस्था भएको लगायत कारणले धनकुटालाई नै प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ ।

धनकुटाबासीले राजधानीको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका छन ।  यसअघि पनि १८ दिनसम्म धनकुटा बजार बन्द गरी राजधानीको माग गर्दै आन्दोलन भएको थियो ।

हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त रहेकाले कुनै पनि हालतमा अन्य स्थानमा राजधानी नस्वीकारने जिल्लाबासीको अडान छ ।

भिडियो हेर्नुहोस्…

यो पनि पढ्नुहोस्…

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने यस्ता छन ७ कारण

 

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!