- संगालोखबर सम्वाददाता

धनकुटा, ९ पुस । धनकुटामा जारी पूर्वाञ्चल गट ट्यालेन्टको फाईनलमा १२ जना प्रतियोगिहरुवीच प्रतिस्प्रधा हुँने भएको छ । धनकुटाको तल्लो टुडिखेलमा भएको छैठौ चरण पार गर्दै गायन, नृत्य र अभिनय बिधाका १२ जना प्रतियोगिहरु फाईनल प्रवेश गरेका हुन् ।

अव माघ ८ गते धनकुटाको तल्लो टुडिखेलमा हुँने फाईनलबाट पूर्वाञ्चल गट ट्यालेन्टको बिजेता छनौट हुँने प्रतियोगिताका संयोजक सुमन योगीले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार बिजेताले १ लाख नगद पुरस्कारसहित ५ लाखको जिवन वीमा पाउँनेछन् ।

Advertisement
फाईनल पुगेका प्रतियोगिहरु । तस्वीर : रबिन कटेल/संगालोखबर

फरक–फरक बिधाका प्रतियोगिहरुको प्रतिभा मुल्यांकन गरेर उत्कृष्ठ प्रतिभाको छनौट गरिएको प्रतियोगिताका निर्णायक सरोज भुजेलले बताएका छन् ।

टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा साउन ५ गतेबाट सुरु भएको प्रतियोगितामा ७ जिल्लाका करिव ५ सय प्रतियोगिहरु सहभागि थिए । तर, अहिले धनकुटा, सुनसरी, मोरङ, भोजपुर र संखुवासभा गरी ५ जिल्लाका प्रतियोगिहरुमात्र फाईनल पुगेका हुन् ।

को–को पुगे फाईनलमा ?

१) खुसी तामाङ – (नृत्य) सुनसरी
२) सवित कुमार राई – (अभिनय) संखुवासभा
३) भविन राई – (नृत्य) मोरङ
४) प्रसान्त सुन्दास– (नृत्य) धनकुटा
५) जुनी राई – (गायन) धनकुटा
६) सोनी गुरुङ – (नृत्य) मोरङ
७) हेमराज साङपाङ – (गायन) संखुवासभा
८) दिपक शाक्य – (गायन) भोजपुर
९) बर्षा राई – (गायन) धनकुटा
१०) श्रीजाजु गिरी – (अभिनय) सुनसरी
११) सुस्कृति नेपाली – (नृत्य) संखुवासभा
१२) सितिज श्रेष्ठ – (नृत्य) धनकुटा

 

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!