रबिन कटेल/संगालोखबर

धनकुटा, ३० असोज । धनकुटा नगरपालिका–१० पात्ले खोला नजिक सोमबार साँझ ट्याक्टर र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गंभीर घाईते भएका छन ।

ईटहरीबाट धनकुटा तर्फ आउँदै गरेको को.१२ प. ९८४९ नम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको को.२ त.३५२१ नम्बरको ट्याक्टर साँझ करिव ७ बजे आपसमा जुधेको प्रहरीले जनाएको छ ।

Advertisement
ट्याक्टरसँग ठक्कर खाएर सडकमा पल्टिएको मोटरसाईकल ।

दुर्घटनामा परी मोटरसाईकल चालक धनकुटा नगरपालिका–५ माझगाउँ तलघरे चौकका ३१ बर्षीय संदिप भनिने संजय बहादुर राईको मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

दुर्घटनामा परी गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा मृतक राईको शव ।

मृतक राई धनकुटाको मदनचौकमा रहेको काष्ठमण्डप होटलका सञ्चालकसमेत हुन ।  दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार धनकुटा–७ पाङसुङ टोलका कालमान भनिने प्रदिपकुमार राई गंभीर घाईते भएका छन ।

धनकुटा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

दुर्घटना पश्चात धनकुटा जिल्ला अस्पतालमा भेला भएका मानिसहरु । तस्वीर : रबिन कटेल/संगालोखबर

दुर्घटनामा परेको ट्याक्टर र चालक खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–७ का २० बर्षीय  प्रकाश मगरलाई नियन्त्रणमा लिईएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन ।

मृतक राई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नविकरण गर्न ईटहरी गएका थिए । ईटहरीबाट फर्कदै गर्दा दुर्घटना भएको हो ।

भिडियो हेर्नुहोस् …

दुर्घटनालगत्तै प्रकाशित समाचार…

धनकुटाको पात्लेमा ट्याक्टर र मोटरसाईकल जुध्यो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!