- संगालोखबर सम्वाददाता

धनकुटा, २ कात्तिक । नेपाल संवत् ११३८ को अवसर पारेर आज धनकुटामा मोटरसाईकल र्‍याली गरिएको छ । नेवा पुचः धनकुटाको आयोजना तथा हुलाकटोल समाजको संयोजनमा मोटरसाईकल र्‍याली गरिएको हो ।

स्थानीय चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्‍याली बजारका बिभिन्न भागको परिक्रमा गर्दै कर्मीटारमा पुगेर समापन भएको हो ।

Advertisement
धनकुटा बजार परिक्रमा गर्ने क्रममा मदनचौकमा मोटरसाईकल र्‍याली । तस्वीर : संगालोखबर

हुलाकटोल समाजका सचिव सुनिल डंगोलका अनुसार चुवाको बोटबाट सुरु भएको मोटरसाईकल र्‍याली परिचयमोड, जिरोपईन्ट, बसपार्क, सिरवानी, हुलाकटोल, बीचबजार, भीमनारायण चौक, देव्रेवास हुँदै कागते पुगेको थियो ।

त्यसपश्चात पुनः फर्किएर माथ्लो कोप्चे हुँदै कर्मीटारमा पुगेर समापन भएको हो ।

यसैवीच नेपाल संवत् कै अवसर पारेर भोली धनकुटा बजारमा नेवारी भेषभुषा र बाजागाजासहित र्‍याली प्रदर्शन गरिने नेवा पुचः धनकुटाले जनाएको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!