- संगालोखबर सम्वाददाता

धनकुटा, ३१ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आज दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रर्दशन गरेका छन ।

हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटानै उत्तम भएपनि सरकारले धनकुटालाई राजधानी नबनाउँने सड्यन्त्र गरिरहेको भन्दै जिल्लाबासीले दवाव र ब्याङ्ग्यात्मक रुपमा उल्टो जुलुश प्रदर्शन गरेका हुन ।

Advertisement
प्रादेशिक राजधानी माग गर्दै धनकुटामा निकालिएको उल्टो जुलुश । तस्वीर: संगालोखबर

सरकारले उल्टो बुद्धि देखाएर अन्यत्रै राजधानी तोक्ने प्रयास गरेको भन्दै राजनीतिक दल, उद्योग बाणिज्य संघ, अधिकारवादी संघ संस्था तथा स्थानीयले पछाडी हिड्ने जुशुस प्रदर्शन गरेका हुन ।

स्थानीय चुवाको बोटबाट सुरु भएको उल्टो जुलुश मदनचौकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले राजधानीका लागि जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिएका छन ।

राजधानीका लागि गत शुक्रबारबाट आन्दोलन सुरु गरेका धनकुटेलीले दैनिक बिभिन्न बिरोधात्मक गतिबिधि गर्दै आएका छन । अव तिहार पश्चात ५ गतेबाट पुनः आन्दोलनलाई शसक्त बनाईने धनकुटा बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन ।

मदनचौकमा आयोजित सभालाई संबोधन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरे । तस्वीर : रबिन कटेल/संगालोखबर

दुइसय पचास बर्ष देखि प्रशासनीक केन्द्रका रुपमा रहदै आएको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा रहेको, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यावस्था लगायत कारणले धनकुटालाई प्रादेशिक राजधानी तोकिनुपर्ने जिल्लाबासीको माग छ ।

भिडियो हेर्नुहोस् …

 

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने बिषयमा यसअघि प्रकाशित समाचार तथा लेखहरु हेर्नुहोस्…

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन दवाव (भिडियोसहित)

 

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने यस्ता छन ७ कारण

 

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै जुलुशसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

 

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आन्दोलन 

 

धनकुटा नै प्रादेशिक राजधानी किन ? यस्ता छन आधार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!