- रबिन कटेल/संगालोखबर

धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो ।

मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र भ्रामक अभिब्यक्तिले पार्टीको ध्यानाकर्षण भएको बताएका छन ।

Advertisement

आफुले बोलेको कुरालाई आधारसहित प्रमाणित गरेर देखाउँन मन्त्री थापालाई लिंखाले चुनौति पनि दिएका छन ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनका लागि पहल गर्न एमाले पहिले देखिनै अग्रपंतिमा रहेको दावी गर्दै लिंखाले मन्त्री जस्तो जिम्मेवार पदमा बसेर गैर जिम्मेवार कुरा गर्दै नहिड्न थापालाई सुझाव दिएका हुन ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति संयोजक एवं एमाले सचिवालय सदस्य टंक चुवानले अर्कालाई दोस देखाएर आफु लोकप्रिय बन्ने काम नगर्न मन्त्री थापालाई सुझाव दिदै जनतालाई भ्रममा पार्ने काम रोक्न आग्रह गरेका छन ।

उनले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आरोप–प्रत्यारोप भन्दा पनि सवै एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता औल्याए । एमाले सचिवालय सदस्य अर्जुन राईले आफ्नो पक्षमा चुनावी माहोल सृजना गर्न मन्त्री थापाले एमालेलाई आरोप लगाएको बताउँदै झुटो आरोप एमालेलाई सह्य नहुने प्रष्ट पारे ।

मन्त्री थापाले काम भन्दा अनावश्यक कुरा गरेर जनतालाई भ्रममा पारेको बताउँदै राईले भने ‘सुनिलबहादुर थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँछु भनेर भ्रम छर्दै हिड्नु ह्यावी जोक मात्र हो ।’

मन्त्री थापाले यसअघि पनि धनकुटामा प्रादेशिक राजधानी बनाउँने पक्षमा एमाले नरहेको आरोप लगाउँदै आएका थिए । धनकुटामा गत असोज ७ गते भएको पत्रकार सम्मेलनमा पनि मन्त्री थापाले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन धनकुटा एमालेले हस्ताक्षर गरेको दावी गरेका थिए ।

मन्त्री थापाको भनाई प्रति आपत्ती जनाउँदै एमालेले गरेको पत्रकार सम्मेलन । तस्वीर: रबिन कटेल/संगालोखबर

प्रादेशिक राजधानी बनाउँन जिल्लाबासीले पहल गरिरहेका वेला राप्रपा (प्रजातान्त्रिक) का नेता समेत रहेका मन्त्री थापाले पटक–पटक यस्तो अभिब्यक्ति दोहोर्याउँन थालेपछि एमालेले त्यसको खण्डन  गर्नुपरेको एमाले प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगालोखबरलाई जानकारी दिएका छन ।

धनकुटालाई प्रादेशिक राजधानी तोक्न एमालेको माग

यसैवीच नेकपा एमाले धनकुटाले धनकुटालाई तत्काल अस्थायी प्रादेशिक राजधानी तोक्न सरकारसँग माग गरेको छ ।

एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले आईतबार प्रेस बिज्ञप्ति जारी गर्दै धनकुटालाई तत्काल अस्थायी प्रादेशिक राजधानी तोक्न सरकारसँग माग गरेका हुन ।

प्रादेशिक राजधानीका लागि हाल उद्योग बाणिज्य संघको नेतृत्वमा भईरहेको दवावमूलक आन्दोलनमा पनि एमालेले ऐक्यबद्धता जनाएको छ ।

धनकुटामा यसअघि भएको पत्रकार सम्मेलनमा मन्त्री थापाले यसो भनेका थिए…

पत्रकार सम्मेलनमा थापाको भनाई प्रति आपत्ती जनाउँदै एमाले नेताहरुले यसो भने…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!