- संगालोखबर सम्वाददाता

धनकुटा, २८ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक शनिवार दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । तेह्रथुमबाट धरान जाँदै गरेको को.१ ख.४८८९ नम्बरको रेसम फिलिलि नामको यात्रुबाहक बसमा तार सट भएर आगो लागेको हो ।

गुडिरहेको बसमा अचानक आगो सल्किएर धुवाको मुस्लो निश्किएपछि यात्रुहरु अत्तालिएका थिए । चालकले बस रोक्नासाथ यात्रुहरुको भागाभाग भयो । लगत्तै पुगेको प्रहरी, स्थानीयबासी, यात्रु लगायतले केही समयपछि गाडीमा लागेको आगो निभाएका थिए ।

Advertisement
गाडीमा लागेको आगो निभाईदै ।

नजिकै पानी रहेकाले त्यही पानी खन्याएर आगो निभाईएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ । गाडी जलेपछि त्यही थन्काईएको छ । उक्त बसमा आएका यात्रुहरु अरुनै गाडीमा चढेर गन्तब्यमा गएका छन ।

भिडियो हेर्नुहोस् …

थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!