- रबिन कटेल/संगालोखबर

धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो ।

अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम भएको दावी गरेका छन । तीनसाता अघि सरुवा भएर आएका अस्पताल प्रमुख एवं बरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डा. फणिन्द्र प्रसाद बरालले शल्यक्रिया सेवा सुरु गरेका हुन ।

Advertisement
धनकुटा अस्पतालमा शल्यक्रियाद्धारा प्रसुति गराईदै ।

सामान्य प्रकृयाबाट बच्चा नजन्मिएमा अव जिल्ला अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्न सकिनेछ ।   त्यस्तै हर्निया, हाईड्रोसिल, गाठागुठी, एपेण्डीसाईड, ऐजेरु पलाएको लगायतको अप्रेसन धनकुटा अस्पताल मै हुँने अस्पताल प्रमुख डा.बरालले बताएका छन । उनका अनुसार शल्यक्रियाका लागि उपयुक्त कक्ष तथा जनशक्ति व्यवस्थापन गरी भिडियो एक्सरे सेवा पनि सुरु गरिएको छ ।

‘अव प्रसुति गराउँनका लागि तराई झर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’ डा. बरालले भने ‘धनकुटा अस्पतालमै हामी ९९ प्रतिसत प्रसुति गराउँन सक्छौ ।’ एकदमै जटिल प्रकृति बाहेक सवै किसिमको प्रसुति गराउँन सकिने उनको भनाई छ ।

धनकुटा अस्पतालमा शल्यक्रियाद्धारा सफल प्रसुति गराएपश्चात तस्वीर खिचाउँदै डाक्टरहरु ।

धनकुटा अस्पतालमा तीन बर्ष अघि शल्यक्रियाद्धारा प्रसुति सेवा थालिएको थियो । तर, दक्ष डाक्टरको सरुवा भएपछि उक्त सेवा बन्द भयो । जसका कारण सामान्य रुपमा बच्चा नजन्मदा सुत्केरी गराउँन तराई झर्नुपर्ने बाध्यता थियो । तर, अव सुत्केरी गराउँनका लागि तराई क्षेत्रका अस्पतालमा जाँनुपर्ने बाध्यता हटेको अस्पतालको दावी छ ।

जिल्ला अस्पतालमा प्रसुति बाहेकका अन्य शल्यक्रिया भने पहिलो पटक सुरु भएको हो ।

शल्यक्रिया सेवाका कारण धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम, संखुवासभा र भोजपुरका विरामीलाई पनि राहत मिल्ने अस्पताल बिकास समितिका अध्यक्ष डंगोलले बताएका छन । उनका अनुसार अव निरन्तर रुपमा शल्यक्रिया सेवा प्रदान गर्नका लागि ब्यावस्थापकीय तयारी भईरहेको छ ।

धनकुटा जिल्ला अस्पताल । तस्वीर: रबिन कटेल/संगालोखबर 

शल्यक्रियाद्धारा सफल प्रसुति गराईयो

धनकुटा अस्पतालमा शल्यक्रिया सेवाको ब्यवस्थापन गरिएपश्चात प्रसुति गराउँनेको संख्या पनि बढेको छ । बिहिबार एकैदिन ५ जना महिलाको प्रसुति गराईएको छ ।

जसमध्ये छथर जोरपाटी–४ का देवी लिम्बुको सामान्य तरिकाबाट बच्चा नजन्मिएपछि शल्यक्रिया मार्फत सफल प्रसुति गराईएको अस्पतालले जनाएको छ ।

अस्पतालमा बच्चा जन्माएर बसेका सुत्केरीहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

१५ सैयाको जिल्ला अस्पतालमा एक मेडिकल सुपरिटेन्डेण्टसहित दुई मेडिकल अफिसरको स्थायी दरबन्दी छ । हाल एक बरिष्ठ मेडिकल सुपरिटेन्डेण्टसहित छ जना मेडिकल अफिसर र डेन्टल सर्जन गरी ८ जना डाक्टर कार्यरत छन ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!