- ईश्वर थापा/संगालोखबर

धनकुटा, १७ फागुन । धनकुटामा पनि बिहीबार हर्षोल्लासपूर्वक होली पर्व मनाईएको छ । जिल्ला सदरमुकामसहित हिले, सिधुवा, भेडेटार, जीतपुर लगायत स्थानमा बिषेश कार्यक्रम गरेर होली पर्व मनाईएको हो ।

बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मले आपसमा रंग दलेर होली पर्व मनाएका छन् । स्थानीय मदन चोकमा द सेभेन यूथ क्लवले होली विशेष कन्सर्ट र हाडी फुटाई कार्यक्रम गरेको छ । भीमसेन थानमा स्टेप धनकुटाले होली विशेष कन्सर्ट गरेको छ ।

Advertisement

त्यस्तै ब्रदर हुड धनकुटाले श्रीपञ्चमी पार्क स्थित वाल पुर्नस्थापना केन्द्रमा रहेका अनाथ बालबालिकाहरुसँग होली पर्व मनाएको छ ।

सोही अवसरमा बाल पुर्नस्थापना केन्द्रलाई प्राथमिक उपचार सामाग्री, तीन थान भित्ते घडी लगायत वितरण गरिएको ब्रदर हुडका राकेश राईले संगालोखबरलाई जानकारी दिए ।

यसैवीच धनकुटाको होली बिगतका बर्षहरु भन्दा सभ्य बन्दै गएको पाईएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रममा कमी आएको पाईएको हो ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!