संगालोखबर संवाददाता

हिले १० कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा बृहत् सांगीतिक एवम् साँस्कृतिक कार्यक्रम गरिएको छ । सृजनशील सास्कृतिक समुहले आयोजना गरेको कार्यक्रममा गायिका मेलिना राईको प्रस्तुतीले हिलेको चिसो मौसमलाई बिर्साउँदै माहोल ततायो ।

कार्यक्रममा आधा दर्जन भन्दा बढी गीत गाएकी राईले चलचित्र नोभेम्बर रेनको ‘पल्भरमै खुसी’ गीतबाट दर्शकलाई मनोरञ्जन दिलाउँन सुरु गरिन् । मेलिनाले ‘कुटुमा कुटु सुपारी दाना’ र ‘कम्मरमाथी पटुकी’ गीत गाउँदा दर्शकको अझ बढी साथ पाईन् ।

Advertisement
गीत गाउँदै गायिका मेलिना राई । तस्वीर: नबनित खड्का/संगालोखबर

आधुनिक गीत ‘तिम्ले बाटो फेरेउ अरे’ गाउँदा पनि मेलिनालाई दर्शकको उत्तिकै साथ रह्यो ।

मेलिनाले सांगीतिक प्रस्तुतीलाई अझ दमदार बनाउँदै चर्चित गीत ‘सिरैमा सिरबन्दी’, ‘छपक्कै फुल फुल्यो बाटैमा’ जस्ता गीत गाउँदा दर्शकलाई पनि सँगसँगै नचाउँन सफल भईन् । कार्यक्रममा सृजनसिल साँस्कृतिक समुहले करिव दुई दर्जन बढी नृत्य प्रस्तुत गरेको थियो ।

भिडियो हेर्नुहोस् ….

https://www.youtube.com/watch?v=gwMgBKiyW-w&t=773s

ग्लोबल कम्युनिकेसन नेटवर्कसँगको सहकार्यमा भिडियो प्रकाशन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement