संगालोखबर संवाददाता

धनकुटा १० कात्तिक । धनकुटामा पनि आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ । यसअघि हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठको व्रत सुरु गरिएको थियो ।

बिशेष गरी तराई क्षेत्रमा मनाईने मिथिला सँस्कृतिमा आधारित छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी जिल्ला धनकुटामा पनि मनाउँन थालिएको हो । तराईमा पुर्खौली घर भई बिभिन्न सिलसिलामा धनकुटामा बसोवास गर्दै आएका तथा धनकुटा कै स्थानीयले पनि श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी छठ पर्व मनाउँने गरेका छन ।

Advertisement
धनकुटाको बिहिबारे हटिया स्थित कुवामा छठको पुजा गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

धनकुटाको बिहिबारे हटिया स्थित कुवामा पोखरी निर्माण गरी छठको पुजा गरिएको छ । सिरवानी र रमाईलो घुम्ती टोलमा पनि पोखरी निर्माण गरी छठ पर्व मनाईएको छ ।

मनोकाङ्क्षा पुरा हुँने विश्वासमा छठको कठोर ब्रत बस्ने गरिएको धनकुटा–५ तल्लोकोप्चे बस्दै आएका सुधिर ठाकुरले जानकारी दिएका छन । धनकुटा कै स्थानीय महिलाहरु पनि छठको व्रत बस्ने गरेका छन । बिशेष गरी तराईबासीले छठ मनाउँने गरेको भएपनि अहिले पहाडी जिल्लामा पनि छठलाई साझा पर्वकै रुपमा मनाउँन थालिएको छ ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement