- संगालोखबर सम्वाददाता

धनकुटा, ९ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले राति पनि प्रदर्शन गरेका छन् ।

प्रादेशिक राजधानीका लागि पटक–पटक आमहड्तालसहित ४० दिनदेखि आन्दोलित जिल्लाबासीले धनकुटा बजारमा राति पनि प्रदर्शन गरेका हुन् ।

Advertisement

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटाबासी थप आक्रोशित बनेका छन् । उनीहरुले सोमबार साँझसम्म लगातार ६ दिन आमहड्ताल गरेका छन् ।

वार्ता वोलाएर माग संबोधन गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका जिल्लाबासीले मंगलबारबाट दैनिक १२ देखि १ बजेसम्म एक/एक घण्टा चक्काजाम सुरु गरेका छन् ।

धनकुटा बजारमा राति भएको प्रदर्शनको भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!