धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या, दुई जना घाइते
धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरी भन्ने स्थान नजिक घटना भएको हो ।
प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।
अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर...





























