कोशी मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

कोशी मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधिलाई संशोधन ...
टी–२० विश्वकप : आज पहिलो जितको खोजीमा इटालीसँग खेल्दै नेपाल

टी–२० विश्वकप : आज पहिलो जितको खोजीमा इटालीसँग खेल्दै नेपाल

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ । भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । उक्त खेलमा नेपालले २०...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय, सोमबार तीन लाख चार हजार छ सय र आइतबार तीन लाख पा...
एमाले नेता विनोद ढकाललाई पितृ शोक

एमाले नेता विनोद ढकाललाई पितृ शोक

विराटनगर । नेकपा एमालेका नेता विनोद ढकाललाई पितृ शोक परेको छ । ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको आज बिहान विराटनगर-५ सम्झना चोकस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय ढकालको अन्तिम संस्कार आज दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।
विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेपछि…

विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेपछि…

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेपछि महानगरले कारबाही अघि बढाएको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा परीक्षण गर...
तेह्रथुममा आठराई र छथरबाट एमालेको चुनावी अभियान

तेह्रथुममा आठराई र छथरबाट एमालेको चुनावी अभियान

तेह्रथुम । नेकपा एमालेले तेह्रथुममा आठराई र छथर गाउँपालिकाबाट चुनावी अभियान सुरु गरेको छ । एमाले तेह्रथुमको समन्वय र पालिका कमिटीको आयोजनामा चुनावी अभियान सुरु गरिएको हो । एमाले तेह्रथुमका प्रतिनिधि सभा  सदस्य  उम्मेदवार भानुभक्त ढकालको टोली आठराई गाउँपालिकाको विभिन्न वडामा मतदाता लक्षित कार्यक्रम गरिरहेको छ । यस्तै समानुपातिक उम्मेदवार बिस्नुमाया बिकको टोली छथर गाउँपालिकाका मतदातासँग घरदैलो अ...
मोरङ–४ को विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गर्छु : नेता घिमिरे

मोरङ–४ को विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गर्छु : नेता घिमिरे

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ–४ का उम्मेदवार जीवन घिमिरेले मतदाताका सुझावहरूलाई समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बताएका छन् । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचन अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरू पनि संकलन गरिएको उनले बताए । निर्वाचन आयोगले निर्धारण...
प्रतिनिधि सभा निर्वाचन : १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधि सभा निर्वाचन : १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । अहिलेसम्म १ करोड ५० लाखभन्दा धेरै मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरको मतपत्र...
घोषणापत्र कि जनता झुक्याउने कागज ?

घोषणापत्र कि जनता झुक्याउने कागज ?

नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । लोकतन्त्र, प्रजातन्त्र कल्याणकारी राष्ट्र पनि हो । नेपालको भविष्य बहुदलीय व्यवस्था अनुसार मार्गचित्र कोर्न सकिन्छ । दलहरू र तिनका नेताहरूले विगतमा के-के बाचा, प्रतिज्ञा र प्रतिबद्धता गरेका थिए । इतिहास ताजै छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलन पश्चात दुईपटक संविधानसभाको निर्वाचन तथा दुईपटक स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को चुनाव सम्पन्न भइसकेको...
विराटनगरको एभरेस्टमा अन्तर हाउस फुटबल प्रतियोगिता सुरु

विराटनगरको एभरेस्टमा अन्तर हाउस फुटबल प्रतियोगिता सुरु

विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा अन्तर हाउस फुटबल प्रतियोगिता सुरु भएको छ ।  तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्‌घाटन विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले गरे । प्रतियोगितामा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ । ४ वटा समूहको बेग्लाबेग्लै स्पर्धा रहने प्रतियोगिताको पहिलो दिन कक्षा ३ देखि ५ सम्मका ४ वटा हाउसबीच खेल भएको छ । खेलमा कोशी हाउसले गण्डकी हाउस...
मोरङ–६ का मतदातासँग शेखर : विकासको जग काँग्रेसले बसाएको दाबी

मोरङ–६ का मतदातासँग शेखर : विकासको जग काँग्रेसले बसाएको दाबी

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोइरालाले चुनावी अभियान अन्तरगत  बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्‌घाटन गरेका छन् । बूढीगंगा गाउँपालिका-१, २, ३, ४, ६ र ७ मा पार्टी कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले पछिल्ला वर्षहरूमा गाउँपालिकामा पूर्वाधार विकासले गति लिएको दाबी गरे । उन...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख चार हजार छ सय र आइतबार तीन लाख पाँच सय रुपैयाँमा कार...
मोरङमा निर्वाचन लक्षित सुरक्षा कडा : मतदानस्थलको स्थलगत अनुगमन तीव्र

मोरङमा निर्वाचन लक्षित सुरक्षा कडा : मतदानस्थलको स्थलगत अनुगमन तीव्र

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मोरङमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदानस्थल र मतदान केन्द्रको संयुक्त रूपमा स्थलगत अनुगमन एवं निरीक्षण तीव्र पारिएको छ । मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय र निर्वाचन...
जेनजीको माग अनुसार काँग्रेसले मात्रै देश बदल्न सक्छ : डा. संग्रौला

जेनजीको माग अनुसार काँग्रेसले मात्रै देश बदल्न सक्छ : डा. संग्रौला

धनकुटा । नेपाली काँग्रेसका सह-महामन्त्री डा. डिला संग्रौलाले जेनजीको माग अनुसार काँग्रेसले मात्रै देश बदल्न सक्ने बताएकी छन् । मंगलबार चुनावी अभियानमा धनकुटा आइपुगेकी सह-महामन्त्री संग्रौलाले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् । काँग्रेसको आन्तरिक सुशासन पहिलो मुद्दा रहेको बताउँदै उनले वैदेशिक रोजगारीमा गएकालाई स्वदेशमै रोजगार सिर्जना गर्ने बताइन् । काँग्रेससँग भौतिक पूर्वाधार विकास, ...
लैङ्गिक हिंसा न्यूनिकरणका लागि धनकुटामा सुरक्षित स्थान सञ्चालन

लैङ्गिक हिंसा न्यूनिकरणका लागि धनकुटामा सुरक्षित स्थान सञ्चालन

धनकुटा । धनकुटा नगरपालिकाले महिला तथा किशोरी मैत्री सुरक्षित स्थान सञ्चालनमा ल्याएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले विश्व बैकको अनुदान सहयोगमा कार्यन्वयन गरिरहेको परियोजना अन्तरगत धनकुटा नगरपालिकाले पनि महिला तथा किशोरी मैत्री सुरक्षित स्थान सञ्चालन ल्याएको हो । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत सञ्चालनमा ल्याइएको सुरक्...
धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

धनकुटा । धनकुटामा  ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरिएको छ । धनकुटाका सबै पालिकालाई समेटेर प्रविण पोख्रेल कमान्डर र मोहन लिम्बु सह-कमान्डर रहनेगरी फोर्स गठन गरिएको हो । फोर्सका केन्द्रीय प्रमुख कमान्डर पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल लगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो । निर्वाचनमा विभिन्न किसिमका समस्या ...
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो । प्रहरीका अनुसार ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने ६ जनाको शव बस खसेको स्थानमा खोजी गर्दा फेला परेको हो । प्रहरीले २० जनाको उद्धार गरेको जनाएको छ । जसमध्ये १२ जनाको मृत्यु भएको रामेछापका सहायक प्रमुख ...
रामेछाप बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

रामेछाप बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

विराटनगर । रामेछापमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । उद्धार गरेर अस्पताल लगिएका ११ जनामध्ये पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उद्धार गरिएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ...
रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक

रामेछाप बस दुर्घटना अपडेट : पाँच जनाको अवस्था चिन्ताजनक

विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खस्दा पाँच जना गम्भीर घाइते भएका छन् । रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो । ‘उद्धार गरिएमध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ’, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले संगालोखबरसँग भने, ‘उनीहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कसै...
काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस तामाकोसी नदीमा खस्यो

काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस तामाकोसी नदीमा खस्यो

विराटनगर । काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खसेको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन् । दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ ।  ‘१० जना बढीलाई उद्धार गरेर अस्पताल पठाएका छौं’, रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिमल्सिनाले संगालोखबरसँग भने, ‘अहिले...
सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगीबाट पेस्तोल र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा-३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो । लिम्बूको घरमा खानतलासी गर्दा मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र दुई थान हेण्डसेट फेला परेको मोरङ प्...
सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेक...
कला-संस्कृतिको जगेर्नाका लागि तेह्रथुमको छथरमा प्राज्ञिक विचार गोष्ठी

कला-संस्कृतिको जगेर्नाका लागि तेह्रथुमको छथरमा प्राज्ञिक विचार गोष्ठी

धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापस्थित चाङ्लुङ गुफामा जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठी भएको छ । सोमबार कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रमको उद्‌घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले यस्ता प्राज्ञिक विचार गोष्ठीहरूले स्थानीय कला-संस्कृतिको जगेर्नाका साथै पर्यटन वि...
विराटनगरबाट पौने दुई करोडको कपडासहित दुईवटा ट्रक नियन्त्रणमा

विराटनगरबाट पौने दुई करोडको कपडासहित दुईवटा ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरबाट प्रहरीले पौने दुई करोड मूल्य बराबरको अवैध कपडासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१४ स्थित रानी–रोडषेश सडकखण्डबाट आइतबार साँझ ट्रक नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९४२५ र प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी द...
विराटनगरमा सिटी सफारी चलाउन ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट अनिवार्य

विराटनगरमा सिटी सफारी चलाउन ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट अनिवार्य

विराटनगर । मोरङमा ‘सुरक्षित चालक’ अभियानअन्तर्गत पाँच सय सिटी सफारी चालकलाई ज्याकेट वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गर्दै सिटी सफारी चालहरूलाई ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट वितरण गरेको हो । विराटनगर महानगरपालिका भित्र सञ्चालित सिटी सफारीलाई सुरक्षित तथा चालकलाई अनुशासित, जिम्मेवार र मर्यादित बनाउन अभियानको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी क...
गौरीगञ्जका मतदातासँग संवाद गर्दै एमाले अध्यक्ष ओली

गौरीगञ्जका मतदातासँग संवाद गर्दै एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदातासँग भेटघाट गरिरहेका छन् । सोही क्रममा उनी आज मतदाता तथा कार्यकर्तासँग संवाद गर्न आफ्नो निर्वाचन क्षेत्र (झापा–५) मा पर्ने गौरीगञ्ज गाउँपालिका पुगेका छन् । चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधार...
सनम हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई थप १० वर्ष कैद

सनम हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरेलाई थप १० वर्ष कैद

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै आइतबार राति भएको फैसलाअनुसार गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाएको हो । उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिका...
भयावह बन्दै सवारी दुर्घटना : झापामा २५ दिनमा १८ जनाको मृत्यु

भयावह बन्दै सवारी दुर्घटना : झापामा २५ दिनमा १८ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । २५ दिनको अवधिमा झापामा १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार माघ १ देखि २५ गतेको अवधिमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन् । आइतबार अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टर...
विपन्नको सहारा बन्दै डा. सुनील शर्मा : क्यान्सर पीडित दीलिपले पाए नयाँ जीवन

विपन्नको सहारा बन्दै डा. सुनील शर्मा : क्यान्सर पीडित दीलिपले पाए नयाँ जीवन

विराटनगर । भनिन्छ– ‘जसको कोही हुँदैन, उसको भगवान् हुन्छन् ।’ मोरङका दीलिप माझीको जीवनमा यो उखान चरितार्थ भएको छ । आमाबुबा गुमाएर टुहुरो बनेका र क्यान्सर रोगसँग लडिरहेका दीलिपका लागि नेपाली काँग्रेसका नेता डा. सुनील शर्मा ‘मानवरूपी भगवान’ बनेर प्रकट भएका छन् । मोरङको माझी बस्तीका दीलिपको अवस्था निकै दयनीय थियो । सहारा दिने आमाबुबा नरहेपछि स्थानीय एक परिवारले उनलाई आश्रय दिएको थियो । तर, भाग्यले ...
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार एक सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला दुई सय ४० रुपैयाँ बढेर पाँच हजार दुई सय ५० र...
पाँचथरमा २५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

पाँचथरमा २५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन

पाँचथर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरले २५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरेको छ । सबै स्थानीय पालिका तथा नगरपालिका समेटेर मणि कुमार लिङ्देन कमान्डर र अर्जुन राई सह-कमाण्डर रहनेगरी फोर्स गठन गरिएको हो । नेकपा एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका अध्यक्ष विष्णु प्रसाद सापकोटा र एमाले पाँचथर जिल्ला कमिटीका उपाध्यक्ष वीरबहादुर कुरुम्बाङले नवगठित कमिट...
error: Content is protected !!