
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा अन्तर हाउस फुटबल प्रतियोगिता सुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले गरे ।
प्रतियोगितामा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ । ४ वटा समूहको बेग्लाबेग्लै स्पर्धा रहने प्रतियोगिताको पहिलो दिन कक्षा ३ देखि ५ सम्मका ४ वटा हाउसबीच खेल भएको छ ।
खेलमा कोशी हाउसले गण्डकी हाउसलाई २-० गोल अन्तरमा हराउँदै उपाधि जितेको छ । कक्षा ४ का निर्भिकबाबु कालिकोटेले र कक्षा ५ का प्रिन्स साहले समान १-१ गोल गर्दै टोलीलाई विजयी बनाए ।
यसअघि कर्णालीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो भने पहिलो खेलमा मेचीलाई १ का विरुद्ध ३ गोल गर्दै कोशी फाइनलमा पुगेको थियो ।

संगालोखबर 














