संगालोखबर


विराटनगर । विराटनगरबाट प्रहरीले पौने दुई करोड मूल्य बराबरको अवैध कपडासहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१४ स्थित रानी–रोडषेश सडकखण्डबाट आइतबार साँझ ट्रक नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९४२५ र प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

ट्रकमा बिल बिजक भन्दा बढी तथा कम मूल्याङ्कन गरी राजश्व चुहावट गरेर करिब एक करोड ८१ लख २६ मूल्य बराबरको लत्ताकपडा ल्याइएको थियो ।

९४२५ नम्बरको ट्रक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रक रामेछापको मन्थली नगरपालिका-१० का ३७ वर्षीय कुमार बुढाथोकीले चलाएर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको डीएसपी चौधरीले बताए ।

ट्रकसहित बरामद भएको लत्ताकपडा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!