
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय, सोमबार तीन लाख चार हजार छ सय र आइतबार तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर पाँच हजार तीन सय ४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला पाँच हजार दुई सय ४०, सोमबार पाँच हजार दुई सय ५० र आइतबार पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














