संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुन प्रतितोला तीन लाख चार हजार छ सय र आइतबार तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर पाँच हजार दुई सय ९० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला पाँच हजार दुई सय ५० र आइतबार पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!