संगालोखबर


विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ ।

देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेपछि महानगरले कारबाही अघि बढाएको हो ।

महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा परीक्षण गर्दा बाख्राको मासु बिक्री भइरहेको पुष्टि भएको महानगरले जनाएको छ ।

उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान मासु पसलविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए ।

अनुगमन टोलीले अवैध रूपमा बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरेको छ । महानगरले उपभोक्ता संरक्षण र खाद्य स्वच्छता सुनिश्चित गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!