संगालोखबर


विराटनगर । भनिन्छ– ‘जसको कोही हुँदैन, उसको भगवान् हुन्छन् ।’ मोरङका दीलिप माझीको जीवनमा यो उखान चरितार्थ भएको छ । आमाबुबा गुमाएर टुहुरो बनेका र क्यान्सर रोगसँग लडिरहेका दीलिपका लागि नेपाली काँग्रेसका नेता डा. सुनील शर्मा ‘मानवरूपी भगवान’ बनेर प्रकट भएका छन् ।

मोरङको माझी बस्तीका दीलिपको अवस्था निकै दयनीय थियो । सहारा दिने आमाबुबा नरहेपछि स्थानीय एक परिवारले उनलाई आश्रय दिएको थियो । तर, भाग्यले उनलाई फेरि ठग्यो ।

हातपाखुरा चलाएर जीविकोपार्जन गर्नुपर्ने उमेरमा उनलाई क्यान्सर भयो । आर्थिक अवस्था शून्य र नागरिकता समेत नभएका दीलिप उपचार अभावमा बोल्नै नसक्ने अवस्थामा पुगेका थिए ।

दीलिपको यो छटपटी देखेपछि डा. सुनील शर्माले व्यक्तिगत पहलमा एम्बुलेन्स पठाएर उनलाई अस्पताल भर्ना गराए । नागरिकता नहुँदा सरकारी सुविधाबाट वञ्चित उनलाई डा. शर्माले आफ्नै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाए ।

अहिले स्वास्थ्यमा सुधार भएपछि दीलिप आफ्नै बस्तीमा फर्किएका छन् । हालै निर्वाचनका क्रममा उनको हालखबर बुझ्न बस्ती पुगेका डा. शर्मालाई देख्दा दीलिप मात्र होइन, पूरै माझी बस्तीले उनलाई धन्यवाद दिए ।

‘भोटको त के कुरा, यस्तो उपकारी मानिसलाई हामी पुजा गर्न पनि तयार छौँ’, दीलिपकी भान्जीले भनिन् । डा. शर्माको सेवा दीलिपमा मात्र सीमित छैन । सोही बस्तीकी अर्की महिलाले पनि आफ्ना श्रीमानको नशा सम्बन्धी जटिल रोगको निःशुल्क उपचार नोबेल अस्पतालमा डा. शर्माकै कारण सम्भव भएको बताइन् ।

डा. शर्मा स्वास्थ्य क्षेत्रमार्फत गरिब र असहायको सेवा गर्दै आएका छन् । नेपाली काँग्रेसका नेता शर्मा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । अघिल्लो चुनावमा पनि शर्मा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!