
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ हजार सात सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ४५ रुपैयाँ बढेर चार हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















