
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार चार सय रुपैयाँ बढेको हो ।
मंगलबार सुन प्रतितोला छ हजार सात सय रुपैयाँ बढेको थियो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार छ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँ बढेर चार हजार नौ सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















