संगालोखबर


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । आज बिहान ११ बजे सादा पोसाकमा खटिएको प्रहरी टोलीले खनामनगरबाट उनलाई नियन्त्रणमा दिएको थियो ।

त्यसलगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर लगिएको थियो । सरकारको आलोचना गरेको आरोपमा आफूलाई नियन्त्रणमा लिइएको तिमल्सिनाले बताएकी छन् ।

Advertisement

प्रहरी कार्यालयमा उनलाई आगामी दिनमा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन र भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने सर्तमा लिखित कागज गराएर छाडिएको उनको भनाइ छ ।

तत्कालीन माओवादी निकट उनलाई पार्टीले गत २९ असोजमा जेनजी रेड फोर्सको संयोजकको जिम्मेवारी दिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!