
काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने उल्लेख गरेको छ ।
योसँगै अब विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य भएको छ । श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनलाई थप व्यवस्थित बनाउन मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रिस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको हो । सो निर्णय बमोजिम नेपाल सरकारबाट स्वीकृति प्राप्त तथा सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न पाउनेछन् ।


संगालोखबर 



















