आज महानवमी, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
काठमाडौं । आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । शाकाहारीले भने महानवमीका दिन...































