संगालोखबर

विराटनगर । नेपाली लगानीकर्ताको समूहले क्यानाडामा एउटा निजी कलेज खरिद गरेको छ । समूहले नोभा स्कोसिया प्रान्तस्थित हेलिफ्याक्स सहरमा रहेको मेरी टाइम्स बिजनेस कलेज (एमबीसी) खरिद गरेको हो ।

Advertisement

द ब्रिटिस एजुकेशन ग्रुप, युकेको नेतृत्व र नेपाली क्यानेडियनहरुको एक समूहको संयुक्त लगानीमा सय वर्षभन्दा पुरानो उक्त कलेज खरिद गरिएको क्यानाडाको टोरन्टोमा रहेका एकजना लगानीकर्ता विद्याभूषण कार्कीले बताए ।

सन् १८९९ मा स्थापना भएको उक्त कलेजमा बिजनेस एडमिनिष्ट्रेसन, भेटेनेरी एसिस्टेन्ट, मेडिकल डिभाईस रिप्रोसेसिङ, इन्टेरिएर डिकोरेटिङ, टुडी–थ्रीडी एनिमेसन एन्ड डिजिटल आर्टस् लगायतका विषयहरू अध्यापन गराइँदै आएको छ ।

नोभा स्कोसिया प्रान्तकै पुरानोमध्येको एक मानिने उक्त कलेजले दक्ष जनशक्ति उत्पादनमा राम्रो नाम कमाएको छ । विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि क्यानाडा जाने विद्यार्थीहरु पनि उक्त कलेजमा अध्ययन गर्ने गरेको क्यानाडाको अन्टारियोमा रहेका अच्युत भट्टराईले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!