संगालोखबर

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित २५८ सांसदमध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् ।

यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल यस पटक भने असफल भएका हुन् ।

१८ महिनामा एमालेसँग दुई र कांग्रेससँग एकपटक गरेर तीन पटक गठबन्धन बदलेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपछि विश्वासको मत लिन प्रतिनिधि सभामा उपस्थित भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!