धनकुटामा पिकअप नालीमा पसेपछि…

धनकुटामा पिकअप नालीमा पसेपछि…

सिधुवाबाट तरकारी बोकेर विराटनगर जाने क्रममा ब्रेक फेल भएर धनकुटाको जिरोप्वाइन्ट नजिक नालीमा पसेको पिकअपलाई जेसीवी लगाएर निकालिदै । गएराती नालीमा पसेको पिकअपलाई आज बिहान निकालिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । तस्वीर: प्रज्वल कटेल
खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

खैरो हेरोइनसहित धनकुटा, सुनसरी र झापाका ६ जना पक्राउ

विराटनगर । धनकुटा, झापा र सुनसरीबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, नगद, मोबाइल, एटीएम कार्ड जस्ता वस्तु प्रहरीले बरामद गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् । उनको साथबाट २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन, मोबाइल २ थान, १० हजार रुपैयाँ र २ एटीएम कार्ड बराम...
उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालि...
सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सा...
पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

पेरिस ओलम्पिकमा सहभागी हुँदै पलेसा र गोवर्धन

काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महतले प्रतिस्पर्धा गर्ने भएका छन् । सिंहले अगस्ट २९ मा के–४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेसाले अगस्ट ३० मा के–४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पाराओलम्पिकमा सहभागिता जनाउने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्य...
करेन्ट लागेर झापाको केचनाका किशोरको मृत्यु

करेन्ट लागेर झापाको केचनाका किशोरको मृत्यु

झापा । करेन्ट लागेर झापामा गएराति एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका–४ केचना निवासी ललन साहका १५ वर्षीय छोरा विशालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको टिनको छानोमा करेन्ट सर्ट भएको अवस्थामा अचानक छानो छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर विशाल अचेत भएका थिए । त्यही अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो...
सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

सार्थक बन्दै ‘हराभरा विराटनगर’ अभियान

विराटनगर । केही वर्ष अघिसम्म विराटनगरका धेरै ठाउँमा वरपीपलसहित ठूलाठूला रुख थिए । तिनै रूख बिरुवा गर्मीयाममा धेरैलाई शीतल छहारी बन्थे । कोशी राजमार्ग किनार लहरैजस्तो बरपीपलका रूख थिए । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पनि बाक्लै थिए । गर्मीयाममा धेरैलाई राहत मिल्थ्यो । प्रशासन आएका सेवाग्राहीलाई त्यसकै छहारीले धेरै सहज बनाउँथ्यो । अहिले यी सबैजसो क्षेत्र पहिलेजस्ता छैनन् । छहारी खोज्दा पनि नप...
२०८१ साउन १० गते बिहीबार/आजको राशिफल

२०८१ साउन १० गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ साउन १० गते बिहीबार ई.सं.२०२४ जुलाई २५ नेपाल सम्वत् ११४४ दिल्लागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै ...
सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

काठमाडौ । नेपालमा हालसम्म भएका हवाई दुर्घटनामा ९१८ जनाको मृत्यु भएको छ । विश्वभर हुने हवाई दुर्घटनाको अभिलेख राख्ने संस्था ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए) का अनुसार नेपालमा हवाइ यातायात सुरु भएयता ६९ वटा दुर्घटना भएका छन् । उक्त संस्थाका अनुसार नेपालमा पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एयरलाइन्सको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई ...
शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । यसैगरी, विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको पनि उनले जानकारी दिए । काठमाडौंबाट प...
जहाज दुर्घटनाः ४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन

जहाज दुर्घटनाः ४५ दिनभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन छन् । सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्व...
विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । ५० अर्ब ८१ करोड राजश्व सङ्कलनको लक्ष्य राखेको भएपनि ३० अर्ब ३५ करोड १५ लाख रुपैयाँ अर्थात ५९.७३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । साउन महिनामा २ अर्ब ८५ करोड २९ लाख अर्थात ८१.५७ प्रतिशत राजश्व सङ्कलन गरेको विराटनगर भन्सारले भदौमा २ अर्ब ५३ करोड १९ लाख अर्थात ५६.८१ प्रतिशत राजश्व सङ्कलन गरेको ...
विमान दुर्घटनामा नाबालकसहित परिवारका तीनजनाले गुमाए ज्यान

विमान दुर्घटनामा नाबालकसहित परिवारका तीनजनाले गुमाए ज्यान

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो ।  मनुराज एयरलाइन्सकै कर्मचारी रहेको एवं उनकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत् रहेको जनाइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएक...
सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् । पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।  सौर्य एयरलाइन्सको विराटनगरस्थित स्...
सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

सौर्यको जहाज दुर्घटनाः १८ जनाको शव फेला

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिएका हुन् । तीमध्ये कति यात्रु र कति जहाजका कर्मचारी हुन् भन्ने खुलेको छैन। जहाजका पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पाण्डेले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी ...
सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा रनवेबाट दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।  विमानस्थलमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विम...
झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरील...
लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन्...
आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।...
पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल...
२०८१ साउन ९ गते बुधबार/आजको राशिफल

२०८१ साउन ९ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ साउन ०९ गते बुधबार ई.सं.२०२४ जुलाई २४ नेपाल सम्वत् ११४४ दिल्लागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सौभाग्य योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२२ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा...
एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

विराटनगर । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह 'ए' बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् । ...
सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल ...
कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विभिन्न शीर्षकमा ९ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएको उल्लेख गरेको छ । सामाजिक अपराध शीर्षकमा १ हजार ५७४, आत्महत्या शीर्षकमा १ हजार ५५४, लागूपदार्थसम्बन्धी १ हजार ३९, बैङ्किङ कसुरमा १ हजार ४ मुद्दा दर्ता भएको कोशी...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् । आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि न...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

खोटाङ । खोटाङको रावाबेसीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  नेपालीले ती युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्...
सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...
मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो । अस्पताल ल्या...
धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटामा तयार हुँदै अल्पसंख्यक आठपहरिया जातिको सङ्ग्रहालय

धनकुटा । धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पङ्ख्यक आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको कामले गति लिएको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको सङ्ग्रहालयको काम धमाधम भइरहेको हो । धनकुटा नगरपालिका–४ स्थित बिहिवारे हटिया छेउमा सङ्ग्रहालय निर्माणको काम भइरहेको छ । धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।  तीन वर्षअघि थालिएको...
१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

झापा । झापाको काँकडभिट्टा नाका हुँदै आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।  उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको तथ्याङ्क छ । उक्त नाकाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो न...
error: Content is protected !!