काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिएका हुन् । तीमध्ये कति यात्रु र कति जहाजका कर्मचारी हुन् भन्ने खुलेको छैन।
जहाजका पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको पाण्डेले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो ।