संगालोखबर

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन छन् ।

Advertisement

सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिक दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!