संगालोखबर

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् ।

Advertisement

आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्दै धम्की दिएको सचिव भट्टराईको भनाइ छ । भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिइएको छ ।

यसैबीच, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सुरक्षा माग्दै सचिवबाट निवेदन आएको बताए । सचिव भट्टराईलाई सुरक्षा दिने कुरामा आफूहरू प्रतिबद्ध रहेको भन्दै प्रजिअले कसैले पनि कसैलाई कुटपिट गर्छु भनेर धम्की दिन नपाइने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!