धनकुटा बजारमा म्याद गुज्रेका सामान, जफतपछि नष्ट गरियो
धनकुटा । धनकुटा बजार क्षेत्रका किराना पसल तथा होटलमा छड्के अनुगमन गरिएको छ । बजारका आधा दर्जनभन्दा बढी पसल तथा होटलमा आज अनुगमन गरिएको हो । धनकुटा नगरपालिका-७ का ५ वटा किराना पसल र ४ वटा होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ८ हजार २ सय ८५ रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिनुका साथै मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको छ ...





























