बेलबारीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ भलुवाईमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । ढिस्कोले पुर्दा बेलबारी-१० की २८ बर्षिया सुनिता राजवंशीको मृत्यु भएको हो ।
आइतबार अपरान्ह सवा ४ बजे बाँसको झ्याङ मुनि माटो खन्ने क्रममा उनलाई माटोको ढिस्को माथिबाट खसेर पुरेको थियो । उनीसँगै माटो खन्न गएकी गीता राजवंशीले उनलाई त्यहाँबाट उद्धार गरेर निकालेकी थिइन् ।
गम्भीर घाइते सुनितालाई उपचारका ला...






























