धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटामा असार १५ को रमझम (तस्वीरहरू)

धनकुटा । असार १५ का दिन आज धान दिवसका रुपमा धनकुटामा पनि विभिन्न कार्यक्रम गरिएको छ । धनकुटा नगरपालिका–६ स्थित पात्लेमा पञ्चेबाजासहित बेठी लगाएर धान रोपाइँ गरियो । विभिन्न सरकारी निकाय, संघ संस्था, कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियानलगायत संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो । धनकुटामा रहेको निजामती आवसीय माविका विद्यार्थीहरुले पनि खेतमा धान रोपेर उत्साहका साथ धान दिवस मनाएका थिए । ...
मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

मनमोहन विश्वविद्यालयमा आदर्श नेताको स्मरण

विराटनगर । पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्शवादी नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । उनकै नाममा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयमा आज आयोजित कार्यक्रममा स्मरण गरिएको हो । मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित विश्वविद्यालयले मनमोहनको १०४औँ जन्मजयन्तीको अवसरमा स्मृति सभा आयोजना गरेको हो । त्यस अवसरमा सहभागी वक्ताहरुले अधिकारी सदाचारी नेता भएको उल्लेख गर्दै शिक्षा र ...
कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् । धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...
एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

एसईईमा इटहरीको पाथीभरा विद्यालयको उत्कृष्ट नतिजा

सुनसरी । इटहरीस्थित पाथीभरा माध्यमिक विद्यालय २०८० को माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । इटहरी उपमहानगरपालिका–४ भेटघाट चोकस्थित उक्त विद्यालयका ३२ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जनाले ३.८० देखि ४ जीपीए हासिल गरेका छन् । यसैगरी, १५ जना विद्यार्थी ३.६० देखि ३.७९ जीपीए सहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये आ...
पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता

विराटनगर । अविरल वर्षापछि आएको पहिरोले पुरिएर गुल्मी र स्याङ्जामा ६ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सुतिरहेका बेला गएराति झरेको पहिरोमा घरसँगै पुरिएर उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको हो । एकजना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया ...
आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप: उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि आज राति भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार खेल राति ८ः१५ बजे सुरु हुनेछ । वर्षाका कारण आजको खेल रद्द भएको अवस्थामा भोलिका लागि सारिनेछ । आइतबार पनि वर्षा भएर खेल हुन नसके दुवै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरिने जनाइएको छ । भ...
कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

कोशीका मुख्यमन्त्री कार्की भन्छन्, ‘कृषिलाई प्राथमिकता दिऔँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यसमा प्रदेश सरकारले यथोचित सहयोग गर्ने उल्लेख गरेका छन् । २१औँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिलाई प्राथमिकतामा दिएर...
झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापा । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–२ डिगाउँका ३५ वर्षीय राजेश तामाङलाई प्रक्राउ गरिएको हो । तामाङले हिजो दिउँसो स्थानीय ७० वर्षीया गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो सिक्कल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा खेतबारीमा लुकीछि...
२०८१ असार १५ गते शनिबार/आजको राशिफल

२०८१ असार १५ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असार १५ गते शनिबार ई.सं.२०२४ जून २९ नेपाल सम्वत् ११४४ तछलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको...
असार पन्ध्र (कविता)

असार पन्ध्र (कविता)

कति सुन्दर छन् पहिरी लहरा रह भूधर यी सजिए पहरा । मधु आँप लिची फल आरु फली छ सुगन्ध मिठो तरुमाझ गली ।।१ जलपान गरी छ धरा रसिलो बिउ धान भरी छ गरा हँसिलो । मनमोहक भो झरिलो प्रकृति बनियो वसुधा अति दिव्य कृति ।।२ जलले स्थल यो परिपुष्ट गरी पथ चुन्छ नयाँ अनुराग भरी। जब छर्छ कयौँ कण मेघ घुमी नभले धरणी तब छुन्छ झुमी ।।३ नव बीज मुठीभर लिन्छु छरी सुन बन्दछ त्यो सब खेतभरि । छ हिलो थलमा अ...
झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू ...
आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

विराटनगर । आज असार १५ । मुलुकभर विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइँदैछ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइँदै गरेको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई प्रोत्साहन दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा ...
सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

सहिदभूमि गाउँपालिकाद्वारा कर्मचारीहरू सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको छ । दोस्रो गाउँसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकका अवसरमा कर्मचारीलाई सम्मान गरिएको हो । सर्वोकृष्ट कर्मचारीका रूपमा इन्जिनियर शरद पण्डितलाई सम्मान गरियो । यस्तै, टंकप्रसाद राई, भाग्यमाया राई, बद्री कार्की र मणिकुमार राईलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक...
जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

जापानको सहयोगमा विराटनगरको खानेपानी वितरण प्रणाली सुधार गरिँदै

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना ...
असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

विराटनगर । असार दोस्रो साता भइसक्दा कोशी प्रदेशमा १४ प्रतिशतमात्र धान रोपाइँ भएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपाइँ हुने गरेको छ । करिब २ लाख ७६ हजार ३८३ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० हेक्टर जमिनमा मात्र रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यही अवधिमा १६ दशमलव ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भ...
कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

विराटनगर । कोशी प्रदेश टिमलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बागमतीले २५–१८, २५–६ र २५–९ ले पराजित गरेको हो । महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको सेमिफाइनल खेल आजै हुँदैछ । पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प...
लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्...
प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

विराटनगर । समान वृत्ति विकासको सुनिश्चितताको मागसहित सातायता आन्दोलित प्रदेशका लेखा कर्मचारीहरुको आन्दोलन स्थगन भएको छ । आफ्ना माग पूरा गराउन दबाबस्वरुप उनीहरुले काम छाडेर आन्दोलन गर्दै आएका थिए । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि आजबाट आन्दोलन स्थगन गर्दै उनीहरु काममा फर्किएका हुन् । लेखा समूहका कर्मचारीले उठाएका माग पूरा गर्दै जाने आश्वासन कोशी प्रदेश सरकारका तर्फबाट पाएपछि आफूहरू काममा फ...
ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङ । माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । हिजो सार्वजनिक भएको नतिजाअनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो । जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार ६ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएकोमा २३७ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाक...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । स्थानीय प्रशासनले कोशी नदीमा डुंगा चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध गरेको छ । पूर्वी पहाडी जिल्ला तथा सुनसरी, उदयपुर, सप्तरीमा पनि निरन्तर वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहिवार कोशी नदीमा पानीको बहाव एक लाख ३४ हजार क्युसेक मापन गरिएको थियो । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये १९ वटा...
एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

झापा । २०८० को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । एउटा विद्यालयबाट एकमात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । उक्त पालिकाका महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जनाले परीक्षा दिएका थिए । झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए । पालिकाभरबा...
भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

विराटनगर ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए । रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनक...
मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा गाडीको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका– लेटाङ मोडमा प्रदेश १–०१–००१ च ७६८६ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा ५२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । ठक्करपछि गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालम...
कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभाव बढिरहेको अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...
२०८१ असार १४ गते शुक्रबार/आजको राशिफल

२०८१ असार १४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असार १४ गते शुक्रबार ई.सं.२०२४ जून २८ नेपाल सम्वत् ११४४ तछलागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, सौभाग्य योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै...
विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनिय...
झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । शिवसताक्षी–२ का २८ वर्षीय बुधे बेस्राको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी, गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर एकजना पुरुष बेपत्ता भएका छन् । गौरीगञ्ज–१ स्थित कमल खोलाले बगाउँदा ४...
राष्ट्रिय डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम, ओखलढुंगा द्वितीय

राष्ट्रिय डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम, ओखलढुंगा द्वितीय

सुनसरी । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । प्रतियोगिताको सिंगल बिधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् । यसैगरी, ३ मिनेट १२ सेकेन्डमा नदी वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय स्थान हासिल गरेका छन् । ३ मिनेट १६ सेकेन्डमा नदी वारपार ग...
मोरङको धनपालथानमा १५ सय किलोभन्दा बढी गाँजा बरामद

मोरङको धनपालथानमा १५ सय किलोभन्दा बढी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानमा ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको हो । धनपालथान गाउँपालिका–७ स्थित राजकुमार सिंहको गोठमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा उक्त स्थानमा तलासी गर्दा गोठमा बोरामा राखिएको गाँजा भुसभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । बरामद गाँजा ४९ वटा बोरामा करिब १ हजार ५४८ किलो रहेको जनाइएको छ । गाँजा कसले त्यह...
एकै विद्यालयका १० विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

एकै विद्यालयका १० विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

पोखरा । पोखराको मासबारस्थित निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल छन् । आज प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । मदरल्यान्डको यो नतिजा सम्भव...
error: Content is protected !!