विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो ।
प्रहरीले लामिछानेलाई कार्तिक २ गते वनस्थलीबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित पाँच जना थुनामा छन् ।